ghar sansar

सन्दर्भ राष्ट्रिय सहकारी दिवस : सहकारीको दिगोपना स्वनियम र सुशासान

–प्रेम सिह भाट

सदस्य द्धारा निर्माण भएको, सदस्यद्धारा संचालित र सदस्य द्धारा नियन्त्रित संस्थाको रुपमा सहकारी संस्था लाई मान्यता प्रदान गरेको सन्दर्भमा विगत केही दिन यता सहकारीका आधार स्तम्भ सदस्यहरुको नै मनस्थिति खलबल्याउने खालको भ्रातीका कारण सुदूरपश्चिम क्षेत्रमा आंकिश प्रभाव देखिएको छ ।

ratnam malkhad

राजधानिका ठुला भनिने केही सहकारी , जसको तडक भडक बढि छ, चल भन्दा अचल सम्पत्तिमा लगानी गरेका सहकारीलाई शेयरको निक्षेप फिर्ता गर्न कठिनाई परेको छ भने विश्वनै आर्थिक मन्दिमा परेका कारण नेपालको अर्थतन्त्रमा पनि त्यसको प्रभाव परेको हुदा“ नगद प्रभाव न्यून रहेकोले ऋण लगानीमा चाप परेको अवस्थामा ऋण तिर्नका लागि ऋण पाउने अवस्था हाल नरहेको अवस्था देखापर्न गई सहकारी वित्तिय संस्था र बैंकको ऋण किस्ता र व्याज बुझाउने कार्यमा कहि कतै गतिरोध उत्पन्न भईरहेको र ऋणको भाखा“ नाघ्ने क्रम बृद्धि भईरहेको छ ।

मुलुकमा झण्डै ३० हजार भन्दा बढि सहकारी रहेको अवस्थामा मध्ये ३०० भन्दा पनि कम सहकारीमा नगद प्रभावको समस्या परेको, केही सहकारीले घर जग्गा, आयात निर्यात वस्तु, र व्यापारमा लागानी गरेका कारण , सदस्यहरु एकै पटक सबै निक्षेप फिर्ता लिन गएका कराण केही सहकारीहरु समस्यामा परेमा पनि सबै मिडिया क्षेत्रको व्यापकता र समाजिक संजालको प्रभावमा आवश्यकता भन्दा बढि प्रचार प्रसार भएको कारण सबै सहकारी लाई हेर्ने दृष्टिकोण एकै भएको वर्तमान परिपेक्षमा सहकारीहरु सदस्यहरु र समुदयाल लाई सहकारी प्रतिको जागरण र उत्प्रेरण जागाउन सबै सहकारीहरुले अझै सक्रिय हुनु पर्ने र समुदायमा आधारति कार्यक्रमहरु लैजानु पर्ने देखिएको छ ।

हरेक सहकारीलाई सहकारी लाई सबल र सक्षम बनाउने काम स्वंय सहकारी सदस्यकै कर्तव्य रहेको छ । साच्चिकै भन्ने हो भने जुन सहकारमा जुन व्यक्ति सदस्य रहेको छ , ति सदस्यले सहकारीको सभा , समारोह, बैठक तथा कार्यक्रममा सहभागि हुने, कार्यक्रमका बारेमा जानकारी लिने, सहकारीको संचालक समति, उप समितिमा आवद्ध हुने, भएका संचालक र उप समिति सदस्यहरुको समन्वय बढाउने र सहकारी शिक्षा र वित्तिय साक्षरता लिने कार्य सदस्यहरुबाट हुन अति आवश्यक रहेको छ ।

सहकारीको सदस्य हुने सदस्यले सहकारीमा नियमित बचत गर्ने, सहकारीको ऋण सेवा लिन सक्ने, र विषयत सहकारीका अन्य सेवा समेत दिन सकिने भएकोले कतिपय शेयर सदस्यहरु एक पटक शेयर लिने र पछि गतिविधि तर्फ चासो नलिने गर्ने कार्य पनि उपयुक्त होईन, सहकारीमा प्रवेश गर्नु पूर्व सहकारीको केन्द्रिय कार्यालय, सहकारीका संचालकहरुको संगको पृष्टभुमी र सहकारीमा आवद्ध भएका सदस्यहरुको पहिचान गरी सहकारीमा प्रवेश गर्न उपयुक्त हुने गर्दछ ।

सहकारीहरुले पनि सबै सहकारीका सदस्यहरुलाई एकनाशको व्यवहारा, सदस्यको समस्या र आवश्यकता लाई सम्बोधन वा सम्बोधनको पहल र प्रयास गर्न आवश्यक छ । सहकारीका हरेका कृयाकलाप पारदर्शि र मितव्ययी हुन पनि त्यत्तिकै जरुरी छ । सहकारीले निक्षेप लिने र ऋण दिने बोहका सदस्य हितका लागि सदस्य केन्द्रित व्यवसाय गर्न पनि आवश्यक रहेको छ।

सहकारी संग कारोबार गर्ने हरेक व्यक्ति सहकारीको ग्राहक होईन मालिक हो भन्ने बुझाई सहकारीका कर्मचारी, संचालकहरुको हुनु पर्दछ र त्यही भावले व्यवहार पनि सेवा प्रदान गर्नु पर्दछ भन्ने मेरो बुझाई छ । सहकारीमा जब सदस्य हुन्छ, सदस्य भनेको मालिक हो , सहकारी बाट फेरी मालिक नै ठगिने कुरा हुदैन कि ?

हो जुन सहकारीको अवस्था नबुझी हामीले लगानी गरेका छौ । त्यो संस्था कारोवार गर्दा गर्दै घाटामा गयो भने घाटाको दायित्व शेयर सदस्य वा मालिकको पनि हुन आउछ । तर बचत भिन्नै कुरा हो । ठुला सहकारीले बचत फिर्ता गर्न नसक्नु भन्ने कुरा वर्तमान आर्थिक अवस्थाको कारण वा लगानी सहकारी बाहिर गएको हो त्यो बुझन सहकारीका सदस्यहरुको अधिकार हो ।

त्यसका लागि सबल सक्षम र विवेकशिल कर्मचारी एवं संचालक समितिको समुह हुनु पर्दछ, सहकारीका हरेक निर्णयहरु कार्यान्वयनमा सदस्यहरुको महत्वपूर्ण भुमिका हुने , एक सहकारीका सदस्यले ऋण दिदैन भने वा रोकिएको छ भने अरु सदस्यहरुले पनि समय समयमा खबरदारी गर्नु पर्ने हुन्छ, किन कि सहकारीको मुल मर्म सबैका लागि एक एकका लागि सबै भन्ने वाक्यलाई चरितार्थ गर्न सबै सहकारीकर्मीको धर्म पनि हो ।

मलुक हाम्रो हो, मलुकको राजनैतिक अवस्था पनि सहकारीको विद्यमान समाजिक संजाल जस्तै जन्जाल छ, मिटरव्याजी बाट पिडितहरुको आवाज सरकारले सहजै सुन्ने भयो र सुन्यो भने तर सहकारीको समस्या न त समयमा विभागले नै सुन्दछ न सरकारले नै । हो मलुकको हरेका आर्थिक संग सरोकार राख्ने विषयमा सरकारले पनि चाडो भन्दा चाडो ध्यान दिई सम्बोधन गर्न अपरिहार्य रहेको छ ।

लोकतान्त्रीक गणतन्त्र नेपालको संविधानको तिन खम्बे अर्थ नीति लिएता पनि कार्यक्रम कार्यान्वयनमा निजी क्षेत्र भन्दा धेरै तल सहकारी लाई पारिएको छ । सहकारी सम्बन्धि नियमन तिनै तहमा छ , नियमन गर्ने कर्मचारीहरुको न्यनू संख्या रहेको छ, सरकारले सहकारी मर्जमा गई न्युन बनाउने रणनीति लिएपनि सहकारी दर्ता गर्ने प्रक्रिया रोकिएको छैन् । अव सहकारी दर्ता गर्ने प्रक्रिया रोकिनु पर्दछ र भएका सहकारी लाई मर्जको बतावरण बनाई झ बढि सबल एवं सक्षम बनाउन सबै सहकारीका सदस्य, सहकारी संघ संगठन र सहकारीका संचालकहरु वीच गहृ कार्य गर्नू पर्दछ तब मात्र अबको नया“ परिवेशको सहकारी स्थापना हुन सक्तछ ।

सुदूरपश्चिका सहकारीहरुको अवस्था काठमाण्डौ देखिएको जस्तो बिकराल र त्रासपूर्ण अवस्था अपवा बाहेक छैन्, कुनै पनि स्थानिय सहकारीहरुमा बचत फिर्ता दिन नसक्ने अवस्था सुनिएको छैन् । ऋण पनि सामान्य गतिमा प्रभाव भईरहेको देखिएको छ । यस अवस्थालाई सकारात्मक अवस्थामा लिनु पर्दछ । सदस्यहरुले पनि आफु सदस्य रहेको सहकारीको वृत्तरहितका लागि सहकारी संग नै अधिकतम कारोबार गर्ने, सहकारीहरुको कार्यालयमा आउने जाने, आफ्नो सहकारीका राम्रा कामहरुको प्रशंसा गर्ने र केही नया“ श्रृजनात्मक कार्यक्रमहरु आयोजना गर्न सहकारीलाई सर सल्लाह दिने लगायतका काममा लाग्न जरुरी देखिएको छ ।

अवको सहकारी संचालन व्यक्ति बाट होईन समुह बाट संचालन हुुन पर्दछ, एकका लागि सबै र सबैका लागि एकको नारा प्रतिस्थापन गर्न एक मात्र विकल्प आफ्नो सहकारीमा सक्रियता नै हो । यसले सहकारी सदस्यको सक्रयता भएमा सहकारीमा दगोपना आउने, सदस्यहरुको सहभागिताले हरेक कार्यक्रममा देखिने कमी कमजोरीलाई सुधार गर्न स्थान र अवस्था देखिने र त्यसका लागि स्वनियममा चल्न आवश्यक नीति निर्माण गर्न सकिने तथा जब सदस्यको सक्रियता बाट दिगोपना हुने, स्वनियममा चल्न सकिने भएमा प्राकृतक रुपमा त्यो सहकारी सशासनमा चलेको मानिने गर्दछ ।

आर्थिक संकट, आ– आफ्नो स्तरको व्यक्ति व्यक्तिमा छ, हरेक वर्ग अनि समुदायमा छ, सहकारीमा छ, बैकमा छ अनि राष्टमा छ र विश्वमा पनि छ । अवस्था सरल र सहज आउन अझै समय लाग्न सक्दछ । तसर्थ आफ्नो आनी, बानी तथा आहार र व्यवहार हरेक कुरा आर्थिक अवस्था संग जोडिएको छ । भरसक कम खर्च कसरी हुन सक्तछ वा प्रतिस्थापन वस्तुको प्रयोग बढि भन्दा बढि गर्ने, मानौ हाज एक हजार बचाउन भनेको दुई हजार कमाउन सरह भएकोले हरेक उपयोग र प्रयोग गर्ने वस्तुको वैकल्पीक प्रयोग खोज्नु पर्ने आवश्यकता अपरिहार्य भईसकेको रे वित्तिय साक्षरता र सहकारी शिक्षा सबैको आवश्यकता भएको छ यस तर्फ आजै बाट लाग्नु पर्दछ ।

तसर्थ यस बर्षको राष्ट्रिय सहकारी दिवसमा “सहकारीको दिगोपना, स्वनियमन र सुशासन ” भन्ने रहेकोले यसलाई सार्थक बनाउन एक बर्ष भरी यो नारा लाई सार्थक बनाउन सबै सहकारीकर्मी, सरोकारवाला निकाय र शुभ चिन्तकको निरन्तर रुपमा सक्रिय सहभागिताको अपेक्षा र आशाा गर्दछु । [email protected]

(लेखक श्री निङ्गलाशैनी बहुउद्देश्यीय सहकारी संस्था लि. का कार्यकारी प्रमुख हुन् ।)

Himal dental
सम्बन्धित
Loading...