ghar sansar

छाडा पशु चौपायाका लागि आहारा संकलन गर्दै भीमदत्त

little buddha academy
khasi

महेन्द्रनगर । भीमदत्त नगरपालिकाले छाडा पशु चौपायाका लागि आहारा संकलन गर्न थालेको छ । छाडा चौपाया व्यवस्थापनका लागि नगरपालिकाले पराल,चिलो संकलन गरिरहेको मेयर पदम बोगटीले जानकारी दिएका छन् ।

‘सडकमा छाडिएका गौमाता तथा नंदीको उचित व्यवस्थापनका लागी हामी निरन्तर लागि रहेका छौ, गौ–नंदी व्यवस्थापनको क्षेत्रमा काम गरिरहेका विभिन्न संघसंस्था,व्यक्ति तथा स्थानिय समुदायसंग निरन्तर छलफल गरिरहेका छौ ।’

,orning glory badhai

नगर प्रमुख बोगटीले भने, ‘चौपायको व्यवस्थापनका लागि टहरा(गोठ) निर्माण गर्न खर संकलन गरिएको छ,चौपायको गणना गर्ने काम भइरहेको छ, एक करोड रुपैया बराबरको अक्षय कोष निर्माण गर्ने निर्णय भएको छ’ उनले भने, ‘अहिले लोक कल्याणकारी सेवा ट्रष्ट कञ्चनपुरसंग समन्वय गरी चौपायाका लागि पराल र चिलो संकलन गर्ने काम भइरहेको
छ । गौ–नंदीका लागि आवश्यक सबै संरचना तथा सामाग्री, आहाराको संकलन गरी अब केही दिनमै सडकमा छाडिएका गौ–नंदीको व्यवस्थापन गर्छौ ।’

dirghayi clinic

सामुदायिक चौपायको व्यवस्थापनका लागि सबैको साथ सहयोगको आवश्यकता रहने नगर उपप्रमुख निलम लेखक जोशीले बताइन् । ‘हामीले चौपायको व्यवस्थापनका लागि टहरा निर्माण गर्न खर संकलन गरिसकेका छौ’ उनले भनिन्, ‘अहिले तिनको आहाराका लागि पराल चिलो संकलन गर्ने काम भइरहेको छ ।’

उनले नगरपालिकाको एक्लो प्रयासले मात्रै समस्या समाधान नहुने उल्लेख गर्दै समस्या समाधानका लागि सबैको साथ सहयोग आवश्यक हुने उनको भनाई थियो ।

केही साता पहिले नगरप्रमुख बोगटीेको अध्यक्षतामा बसेको बैठकले गौमाता तथा नंदी व्यवस्थापनका लागि सम्भावित जग्गा खोज्न वडा नं. १३ का वडाध्यक्ष रामचन्द्र बोहराको अध्यक्षतामा वडा नं. १६ का वडाध्यक्ष केशव सिंह विष्ट,१४ का वडाध्यक्ष भोजराज जोशी,७ का वडाध्यक्ष गणेश चन्द, ३ का वडाध्यक्ष गगन सिंह धामी, ९ का वडाध्यक्ष गगन सिंह कार्की, १९ का वडाध्यक्ष जागुराम चौधरी र १८ का वडासदस्य सीता भण्डारी सदस्य र अमिन गंगादत्त जोशी सदस्य सचिव रहने गरि समिति गठन गरिएको थियो ।

उक्त समितिलाई प्रत्यक ३÷४ वडाहरुका चौपाया एक ठाउँमा व्यवस्थापन गर्न सकिने सम्भावित जग्गा खोज्न जिम्मेवारी दिइएको थियो । उक्त समितिले बुझाएको प्रतिवेदनमा उल्लेखित जग्गा एवम् क्षेत्रहरुमा टहरा निर्माण गरी चौपाया व्यवस्थापन गरिने नगर प्रवक्ता महेन्द्र खड्काले बताए ।

Himal dental
सम्बन्धित
Loading...