महेन्द्रनगर । स्वीट नेपाल कञ्चनपुरले युएनडिपी नेपाल र पुर्नबास नगरपालिकाको सहयोगमा सञ्चालन गरेको एकीकृत जीविकोपार्जनको पहलद्वारा कोभिड १९ पुर्नप्राप्ति परियोजना सकिएको छ । पुर्नबास नगरपालिकाका वडा नं १,२,५,६,७ र ११ मा परियोजना सञ्चालन गरिएको थियो ।
परियोजनामा कृषि, पशु पालन,व्यवसायिक,उद्यमी लगायतका कार्यक्रम सञ्चालन गरी आर्यआर्जनमा बृद्धि गर्ने लक्ष्य लिएको थियो । स्वीट नेपाल कञ्चनपुरका अध्यक्ष अमिर तिरुवाको अध्यक्षतामा गरिएको गरिएको समापन कार्यक्रममा पुर्नवास नगरपालिकाका मेयर तोया प्रसाद शर्मा प्रमुख र उप मेयर भुलिया कुमारी राना र युएनडिपीका सुदुरपश्चिम प्रदेशका प्रमुख बैजन्ती गिरी सिह विशिष्ठ अतिथि थिए ।
कार्यक्रममा सबै वडाका वडाअध्यक्ष र कार्यपालिका सदस्य सहभागी भएका छन् । कार्यक्रममा स्वीट नेपालका संस्थापक कृष्ण सिह देउपाले कार्यक्रमको उद्देश्य र कार्यक्रम सम्बन्धि जानकारी गराए । कार्यक्रममा वर्षभरी भएका उपलब्धि बारे परियोजानका कार्यक्रम व्यवस्थापक अमित सुनारले प्रस्तुतीकरण गरे ।
कार्यक्रममा किसानहरुका तर्फबाट आफुले गरेका सफल अभ्यासका बारेमा टेक बहादुर देउपा र सनिज्ञा चौधरीले जानकारी गराए । उनीहरुले स्वीट नेपालले गरेको सहयोगबाट आफुले अगालेको पेशामा दक्ष भएको र ३ लाख भन्दा बढी मुनाफा कमाएको बताए ।
कार्यक्रममा नगर प्रमुख शर्माले आफनो क्षेत्रमा यो नमुना काम गरि दिएकोमा युएनडिपी र स्वीट नेपाललाई धन्यवाद दिए । उनले अझै यस्तो कार्यक्रम यस क्षेत्रमा गर्नका लागि अनुरोध गरेका छन् । उप प्रमुख रानाले अझै बाँकी वडालाई समेत समेटने गरी कार्यक्रम अघि बढाउन आग्रह गरिन् ।
पुर्नबास नगरपालिका ११ का अध्यक्ष तुलसी प्रसाद अर्यालले कार्यक्रमबाट प्रत्यक्ष रुपमा अति बिपन्न समुदायका ब्यक्तिहरु लाभान्वित भएकोमा खुसी ब्यक्त गरे ।
युएनडिपी नेपाल सुदुरपश्चिम प्रदेशका प्रमुख बैजन्ती गिरी सिहले गरिबलाई छनौट गरी उनीहरुको जीविकोेपार्जनमा सुधार ल्याउन महत्वपुर्ण भूमिका निर्वाह गरेकोमा पुर्नबास नगरपालिका र स्वीट नेपाललाई धन्यवाद दिइन् । उनले अझै कार्यक्रम सञ्चालनका लागि सहयोग गर्ने प्रतिबद्धता जनाइन् ।
कार्यक्रममा स्वीट नेपालले साझेदारीका पुर्ण रुपमा सहयोग गर्ने नगरपालिका पुर्नबास नगरपालिका र युएनडिपीलाई प्रमाणपत्र सहित सम्मान गरेको छ ।
संस्थाका अध्यक्ष तिरुवा र संस्थापक अध्यक्ष देउपाले संयुक्त रुपमा प्रमाणपत्र प्रदान गरे । यसैगरी मेयर शर्मा र उप मेयर रानाले संयुक्त रुपमा स्वीट नेपाललाई सम्मान गरे । स्वीट नेपालका कार्यक्रम व्यवस्थापक अमित सुनारले सञ्चालन गरेको कार्यक्रममा ५० भन्दा बढी सहभागी भएका छन् ।