ghar sansar

सडक डिभिजनका सुपरभाईजर र लेन्थवर्कर पुरस्कृत

महेन्द्रनगर । सडक डिभिजन महेन्द्रनगरले सुपरभाईजर र लेन्थवर्करलाई पुर्नताजगी तालिम दिएको छ । तालिममा पूर्व पश्चिम महेन्द्रराजमार्ग र महाकाली राजमार्गमा कार्यरत सुपरभाईजर र लेन्थवर्कर सहभागी भएका छन् ।

कैलालीको बुढीतोलामा शुक्रबार पूर्व पश्चिम राजमार्ग र महाकाली राजमार्गमा कार्यरत सुपरभाईजर र लेन्थवर्करलाई पर्नताजगी तालिम सञ्चालन गरिएको छ ।

lotus institite

daimond public

सडक डिभिजन कार्यालय महेन्द्रनगरका प्रमुख हरिप्रसाद सुवेदीको अध्यक्षतामा गरिएको कार्यक्रममा महाकाली पुल योजनाका राम बहादुर गुरुङ लगायतका सहभागी भएका छन् ।

सडक डिभिजन कार्यालय महेन्द्रनगरका नायव सुब्बा देवदत्त जोशीले सञ्चालन गरेको कार्यक्रममा ईन्जिनियरद्वय तारानाथ सिग्देल र सब ईन्जिनियर देवेन्द्र स्वारले प्रशिक्षण दिए । कार्यक्रममा सुपरभाईजर र लेन्थवर्करलाई पुरस्कार दिएको छ ।

विगत बर्षदेखि कार्यरत सुपरभाईजर र लेन्थवर्करलाई बर्षको एक पटक तालिम दिएको सडक डिभिजन कार्यालय महेन्द्रनगरका नायव सुब्बा देवदत्त जोशीले बताए । कार्यालयका अनुसार एक सय सुपरभाईजर र लेन्थवर्कर छन् ।

सडक मर्मत र सवार दुर्घटना न्यूनीकरण र सौन्दर्य प्रबद्र्धन गर्ने लक्ष्य राखेर तालिम दिइएको छ ।

 

Himal dental
सम्बन्धित
Loading...