ghar sansar

समाचारले दोधारा चाँदनीका मेयलाई युद्धको बिज रोपिएको अनुभूति

महेन्द्रनगर । दोधारा चाँदनी नगरपालिकाका मेयर किशोर कुमार लिम्बुले नगर स्वास्थ्य कार्यक्रममा मेयरलाई समेत सहभागी नगराएको समाचारले युद्धको बिज रोपिएको जस्तो अनुभूति भएको बताएका छन् ।

मेयर लिम्बुले आफ्नो फेसबुकबाट धारणा सार्वजनिक गर्दै आफूले आफ्नै कार्यक्रमबाट निस्केर जान सक्ने अवस्था नभएको उल्लेख गर्दै आफूले यसबारे धेरै बोल्न आवश्यक नभएको बताएका छन् ।

mantra hos123

केही समय अघि दोधारा चाँदनीमा रमेश लेखक सहभागी कार्यक्रमलाई काँग्रेसीकरण गरिएको भन्दै असन्तुष्टि, मेयरलाई समेत बोलाइएनन् भन्ने समाचार शीर्षकमा समाचार प्रकाशन गरिएको थियो ।

त्यहीं समाचारलाई लिएर उनले विश्व युद्धका धेरै कारणमध्ये एउटा मिडिया पनि भएको भनेर आफूले पढेको र समाचारले त्यही सम्झना गराएको फेसबुकमा उल्लेख गरेका छन् ।

काँग्रेस संसदीय दलका प्रमुख सचेतक लेखकको प्रमुख आतिथ्यमा गरिएको कार्यक्रममा उनी सबै काँग्रेसका जनप्रतिनिधि र नेता कार्यकर्ता सहभागी भएका थिए । मेयर सहभागी नभएको कार्यक्रममा उप मेयर गंगा जोशी सहभागी भएकी थिइन् ।

नगर स्वास्थ्य केन्द्र उद्घाटनपछि केन्द्रका स्वास्थ्य प्रमुखले नगरपालिकाका स्वास्थ्य संयोजक सरहको हैसितयमा नेम प्लेट लगाएको भन्दै आलोचना भएको छ । नगरपालिकाका जनप्रतिधि र कर्मचारीले समेत यसबारे अनौचारिक छलफल गरेका छन् ।

दोधारा चाँदनीमा रमेश लेखक सहभागी कार्यक्रमलाई काँग्रेसीकरण गरिएको भन्दै असन्तुष्टि, मेयरलाई समेत सहभागी गराएनन्

Himal dental
सम्बन्धित
Loading...