Sarsoti

भन्सार छलीको समान सहित पाँच जना पक्राउ

lotus institute

महेन्द्रनगर । भीमदत्त नगरपालिका १० सुकासालबाट भन्सार छलेर भारतबाट ल्याएका समान सहित पाँच जना पक्राउ परेका छन् ।

Mahendranagar

सोमबार दिउसो १२ बजेतिर जिल्ला प्रहरी कार्यालयबाट खटिएको गस्ती टोलीले भीमदत्त नगरपालिका–५ स्थित सुकासालबाट भन्सार छली गरी लुकाइछिपाई ल्याइएको दाल, मिश्री र चिनीलगायत सामान बरामद गरेको हो ।

morning glory

जिल्ला प्रहरी कार्यालयका डिएसपी प्रकाश डाँगीका अनुसार २ लाख ७९ हजार हजार ३ सय ५० रुपैयाँ बराबरका सामान र मोटरसाइकल तथा स्कुटर सहित ५ जना ब्यक्ति पक्राउ परेका हुन। बरामद सामानहरु आवश्यक कारवाहीका लागि भन्सार कार्यालय गड्डाचौकी पठाइएको छ ।

saark school
सम्बन्धित
Loading...