ghar sansar

बेदकोटको धर्मपुरमा बर्थिङ्ग सेन्टर सञ्चालनको तयारी

little buddha academy
khasi

महेन्द्रनगर । बेदकोट नगरपालिकाको धर्मपुरमा बर्थिङ्ग सेन्टर सञ्चालन तयारी गरिएको छ । धर्मपुरस्थित स्वास्थ्य इकाईमा बर्थिङ्ग सेन्टर सञ्चालनका लागि उपकरण जडान गरिएका छन् ।

बेदकोट नगरपालिकाका मेयर भोजराज बोहराले बर्थिङ्ग सेन्टर सञ्चालनका लागि उपकरण जडान सहितको तयारी गरिएको बताए । ‘त्यहाँ घाँडीघाँच क्षेत्रका महिलालाई सुरक्षित प्रसूती सेवाका लागि बर्थिङ्ग सेन्टर सञ्चालन गरि रहेका छौ, त्यसको तयारी लगभग अन्तिम अवस्थामा पुगि सकेको छ, उपकरण जडान गरिएका छन्, अब सञ्चालनका लागि अघि बढेका छौ’ उनले भने ।

,orning glory badhai
dirghayi clinic

अहिले गर्भवर्ती महिलाले सुरक्षित सुत्केरी सेवाका लागि सुडास्थित स्वास्थ्य चौकीको बर्थिङ्ग सेन्टरमा आउने गरेका छन् । यस अघि महिलाहरुले महाकाली प्रादेशिक अस्पताल आउनु पर्ने बाध्यता थियो । गत वर्ष स्थानीय तह निर्वाचनमा निर्वाचित भएपछि मेयर बोहराले सुडामा बर्थिङ्ग सेन्टर सञ्चालनमा ल्याएका हुन् ।

स्वास्थ्य कार्यालयले २०७४ को स्थानीय तह निर्वाचनपछि सुडा र धर्मरपुरमा बर्थिङ्ग सेन्टर सञ्चालनका लागि उपकरण उपलब्ध गराएको थियो । ती उपकरण जडान गरी बर्थिङ्ग सेन्टर सञ्चालनमा ढिलाई भएको थियो ।

मेयर बोहराले स्थानीय तह निर्वाचनमा चुनाव जितेर आएपछि बर्थिङ्ग सेन्टर सञ्चालनलाई प्राथमिकता दिएर सञ्चालनका लागि अघि बढेको बताए । ‘स्वास्थ्य जस्तो महत्वपूर्ण पाटोलाई प्राथमिकता दिनु पर्छ, बर्थिङ्ग सेन्टर एकदमै महत्वपूर्ण हो, सुडाको सञ्चालनमा आएको छ, अब धर्मपुरमा पनि सञ्चालन गर्छौ ।’

Himal dental
सम्बन्धित
Loading...