ghar sansar

अपमान भएको भन्दै युवा संघकी केन्द्रीय सचिव चन्दले दिइन राजीनामा

महेन्द्रनगर । राष्ट्रिय युवा संघ नेपालकी सचिव विष्णा चन्दले आफूमाथि अपमान भएको भन्दै पदबाट राजीनामा दिएकी छन् । आफूमाथि महिला भएकै कारण अपमान भएको उल्लेख गर्दै चन्दले राजीनामा दिएको जनाएकी छन् ।

कुनैपनि किसिमका अपमान स्वीकार्य नहुने उल्लेख गर्दै उनले पदबाट राजीनामा दिएको पत्रमा उल्लेख छ । उनी संघको नवौं महाधिवेशनबाट महिलातर्फको सचिव बनेकी थिइन् । 

आफूले २०६४ सालदेखि संघको विभिन्न जिम्मेवारी निभाउँदै यहाँसम्म आइपुगेको जनाउँदै सचिवबाट पदाधिकारी सरह भनेर सदस्यको व्यवहार गरिएकोमा आफ्नो असहमति रहेको उनले उल्लेख गरेकी छन् ।

Himal dental
सम्बन्धित
Loading...