
महेन्द्रनगर । काँग्रेस कञ्चनपुरको कोषाध्यक्षमा पवन बिक्रम सिह मनोनियत भएका छन् । काँग्रेस कञ्चनपुरको बिहीबार महेन्द्रनगरमा बसेको बैठकले सिहलाई कोषाध्यक्षमा मनोनित गरेको हो । सिह काष्ठ व्यवसायी हुन् ।
काँग्रेस सभापति पदम बोगटीको अध्यक्षतामा बैठक बसेको थियो । बैठकबाट कोषाध्यक्षमा सिह सहित सदस्यमा गौराज बहादुर लिम्बु, प्रकाश जोशी लक्ष्मी भट्ट, मदन सुनार, पुष्पराज भट्ट, बीरसिह कार्की, रन्जु भट्ट, विजय सिह विष्ट, हर्कदेव जोशी र देवी लोहनी मनोनित भएका छन ।
