जुवा खालबाट पक्राउ परेका १० जनाको मेडिकल गराउन ढिलाई, नाम बदल्ने प्रयास गरिएको आशंका
प्रहरी प्रवक्ता भन्छन्–प्रेस रिलिजमा नाम सार्वजनिक गर्छौ
महेन्द्रनगर । भीमदत्त नगरपालिकाका वडा नं. ११ का वडा अध्यक्ष प्रकाश थापा सहित दश जना जुवाडे पक्राउ परेका छन् । महेन्द्रनगरको बसपार्क क्षेत्रबाट उनीहरुलाई पक्राउ गरिएको प्रहरी स्रोतले जनाएको छ ।
अहिले जिल्ला प्रहरी कार्यालयमा नाम पविर्तन गरेर अर्कै व्यक्ति देखाउने प्रयास भईरहेको स्रोतको दावी छ । मेडिकल गराउन ढिलो गरिएपछि नाम बदल्ने प्रयास भई रहेको दावीलाई बल पुगेको छ ।
दिउँसो पक्राउ गरिए पनि अहिलेसम्म मेडिकल गरिएको छैन । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी प्रवक्ता प्रकाश डाँगीले दश जना जुवाडे पक्राउ परेको पुष्टी गरेपनि नाम भने प्रेस रिलिजमा सार्वजनिक गरिने बताएका छन् ।
वडा अध्यक्ष थापा सहित पक्राउ परेपछि काँगे्रेसका नेता प्रहरी कार्यालय पुगेका छन् । उनीहरु पक्राउ परे लगत्तै प्रहरी कार्यालय पुगेका छन् ।