ghar sansar

अब हामीले पहिलेका कमी कमजोरी दोहोरिन दिन हुँदैन : प्रदेश साँसद थापा

little buddha academy
khasi

महेन्द्रनगर । सुदूरपश्चिम प्रदेश सभा सदस्य बहादुर सिंह थापाले प्रदेश सरकारले विगतका कमी कमजोरी सच्याएर अघि बढ्ने बताएका छन् । मंगलबार प्रदेशसभालाई सम्बोधन गर्दै उनले उक्त कुरा बताएका हुन् ।

dirghayi clinic

‘विगतका कतिपय कमजोरीहरुलाई हामी सबैले सच्याएर अघि बढ्न पर्छ, प्रदेशको विकासका लागि सबै एकजुट हुन जरुरी छ’ थापाले भने, ‘हाम्रा लागि पहिलो कार्यकाल अनुभव लिने कार्यकालका रुपमा रहेको थियो, अब प्रदेश सभाले गर्नु पर्ने काममा हामीले पहिलेका कमीकमजोरीहरुलाई दोहोरिन दिन हुँदैन, अब अर्थतन्त्र कमजोर भएपनि हामीले आफुले गर्नुपर्ने विकास निर्माणका कामलाई निरन्तर रुपमा अगाडी बढाउनपर्छ ।

,orning glory badhai

उनले जनतामा आईरहेको निराशालाई तोड्ने गरी निर्वाचित जनप्रतिनिधिले काम गर्नुपने कुरामा जोड दिए । उनले भने, ‘हामीले देशलाई सहि गतिमा अघि बढाउन सक्न पर्छ, जनतामा आईरहेको निराशालाई तोड्न जरुरी छ ।’

Himal dental
सम्बन्धित
Loading...