ghar sansar

गेटामा स्वास्थ्य विज्ञान विश्वविद्यालय हुनु पर्नेमा लेखकको जोड

little buddha academy
khasi

महेन्द्रनगर । काँग्रेस संसदीय दलका प्रमुख सचेतक रमेश लेखकले कैलालीको गेटामा स्वास्थ्य विज्ञान विश्वविद्यालय हुनु पर्नेमा जोड दिएका छन् । उनले सरकारको नीति तथा कार्यक्रममा विश्वविद्यालय भनेर आएको उल्लेख गरे ।

dirghayi clinic

‘गेटा मेडिकल कलेजलाई विश्वविद्यालय बनाउने निर्णय भयो, त्यस अनुसार नीति तथा कार्यक्रममा पनि आयो, बजेटमा आएन’ उनले भने,‘गेटामा विश्वविद्यालय नै हुनु पर्छ ।’

,orning glory badhai

सरकारले जेठ १५ गते ल्याएको बजेटमा गेटामा एक सय शैय्याको अस्पताल सञ्चालन गर्ने र प्रतिष्ठानका रुपमा सञ्चालन गर्ने उल्लेख गरिएको छ । यस अघि माघमा सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय बनाउने निर्णय गरिएको थियो ।

सरकारको निर्णयपछि कैलाली क्षेत्र नं. ४ का साँसद काँग्रेसका नेता बीर बहादुर बलायरले गेटामा विश्वविद्यालय बनाउने निर्णयले आफू अचम्ममा परेको बताएका थिए । सरकारमा काँग्रेसका प्रवक्ता डा. प्रकाशशरण महत अर्थमन्त्री छन् ।

Himal dental
सम्बन्धित
Loading...