ghar sansar

बैजनाथ मावि जडेपानीको ४४ औं अभिभावक भेला, व्यवस्थापन समितिका पूर्व अध्यक्ष स्वर्गिय जोशी सहितलाई सम्मान

little buddha academy
khasi

महेन्द्रनगर । बेदकोट नगरपालिका २ जडेपानी स्थित बैजनाथ माध्यमिक विद्यालयको ४४ औँ अभिभावक भेलामा विद्यालय व्यवस्थापन समितिका निवर्तमान अध्यक्ष स्वर्गिय तारा दत्त जोशी सहितलाई सम्मान गरिएको छ । जोशीलाई मरणोपरान्त सम्मान प्रदान गरिएको छ ।

कार्यक्रममा शिक्षक अभिभावक संघका अध्यक्ष भानमति खडायत, विद्यालयका पूर्व प्रधानाध्यापक रग बहादुर पातली, सेवा निवृत्त शिक्षक जनकलाल ऐर, पूर्व शिक्षक धर्मराज जोशी, विद्यालयका लेखापाल जनक बोहरा, संगिता डगौरा, बिमला पन्त, देव बहादुर बोहरालाई सम्मान गरिएको छ ।

,orning glory badhai
dirghayi clinic

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष कृपाराम रानाको अध्यक्षतामा गरिएको कार्यक्रममा बेदकोट नगरपालिकाका नगर प्रमुख भोजराज बोहरा प्रमुख अतिथि थिए ।

कार्यक्रममा बेदकोट २ का अध्यक्ष नरेश सिह लगायतका सहभागी कार्यक्रममा विद्यालयका प्रधानाध्यापक थिरेन्द्रचन्द्र भट्टले को शैक्षिक तथा प्रशासनिक प्रतिवेदन प्रस्तुत गरे ।

विद्यालयका सहायक प्रधानाध्यापक पुष्करराज पनेरुले स्वागत मन्तव्य राखेको कार्यक्रम सञ्चालन शिक्षक विरसिंह धामीले गरेका थिए ।

Himal dental
सम्बन्धित
Loading...