ghar sansar

बेदकोटमा नगर स्तरीय संवाद कार्यक्रम

महेन्द्रनगर । बेदकोट नगरपालिकामा स्थानीय सरोकारवाला निकायसंग समसामयिक विषयमा नगर स्तरीय संवाद कार्यक्रम गरिएको छ ।

मिजरीयर जर्मनीको आर्थिक सहयोग नागरिक आवाज धापाखेल ललितपुर र द्वन्द पीडित तथा एकल महिला विकास केन्द्र कञ्चनपुरको साझेदारीमा बेदकोट नगरपालिका र भीमदत्त नगरपालिकाका वडा नं. १,९,११,१३ र १८ मा सञ्चालित शान्तिका लागि स्थानीय क्षमता कार्यक्रम अनतर्गत कार्यक्रम गरिएको छ ।

lotus institite
daimond public

कार्यक्रममा हालका दिनमा समाजमा देखिएका विकृति र विसंड्डतिलाई कम कसरी गर्न सकिन्छ भन्ने विषयमा मानिसमा बढ्दो मानसिक तनावलाई न्यूनीकरण गर्न मनोसामाजिक परामर्श सचेतना जस्ता क्रियाकलाप गर्नु पर्नेमा सहभागीले जोड दिएका छन् ।

संस्थाका अध्यक्ष सिता बोहराको अध्यक्षतामा गरिएको कार्यक्रममा बेदकोट नगरपालिका १० का वडा अध्यक्ष रतन बिष्ट प्रमुुख अतिथि थिए । संस्थाका कार्यक्रम अधिकृत डम्बरी बिष्टले कार्यक्रम सञ्चालन गरेकी थिइन् ।

 

Himal dental
सम्बन्धित
Loading...