
महेन्द्रनगर । बझाङ्गमा सवारी दुर्र्घटनामा परी गम्भीर घाइते भएका सुदूरपश्चिमका आन्तरिक मामिला तथा कानून मन्त्री पृथ्वीबहादुर सिंहको मृत्यु भएको छ । बझाङ प्रहरीका अनुसार उनको कोहलपुर मेडिकल कलेज, नेपालगञ्जमा उपचारका क्रममा मृत्यु भएको हो ।
मंगलवार धनगढीबाट बझाङ जाँदै गरेका मन्त्री सवार गाडी दुर्घटनामा परेको थियो । उनी सवार प्रदेश ०१००१ झ ४८० नम्बरको गाडी दुर्घटना हुँदा श्रीमती अमृतादेवी र भाउजु जानकीको घटना स्थलमा मृत्यु भएको थियो ।

मन्त्री सिंहलाई उपचारका लागि हेलिकोप्टरमा नेपालगञ्ज लिइएकोमा उनको उपचारका क्रममा मृत्यु भएको हो। उनका पीएसओ दीपक भण्डारी र चालक धर्मराज जोशीको भने उपचार भई रहेको छ ।
