ghar sansar

दोधारा चाँदनीमा सार्क एजुकेसन फाउन्डेसनको बृहत् शैक्षिक कार्यक्रम, यस वर्षदेखि वस सेवा सञ्चालन गरिने

little buddha academy
khasi

महेन्द्रनगर । सार्क एजुकेसन फाउन्डेसनले दोधारा चाँदनीस्थित भानु बहुमुखी क्याम्पसमा बृहत् शैक्षिक कार्यक्रम सञ्चालन गरेको छ । कार्यक्रममा दोधारा चाँदनी नगरपालिका ६ वडा अध्यक्ष ओम वस्नते, फाउन्डेशनका कार्यकारी प्रमुख लक्ष्मण वस्नेत, कार्यक्रम संयोजक राजेश भण्डारी लगायत शिक्षक, विद्यार्थी, स्थानीय सहभागी भएका छन् ।

फाउन्डेसनका कार्यक्रम संयोजक कक्षा ११ मा विज्ञान र व्यवस्थापन सङ्कायमा नयाँ आयामका साथ भर्ना खोलेको जानकारी दिदैं विद्यार्थीहरूले महङ्गो भाडा तिरेर डेरा गर्नु पर्ने, हस्टिलमा बस्न पर्ने बाध्यात्मक अवस्थालाई मध्यनजर गरी दोधारा चाँदनीमा पनि बस सञ्चालन गर्ने जानकारी दिए ।

,orning glory badhai

उनले सार्क एजुकेसन फाउन्डेसनले एक्काइसौँ शताब्दी अनुसार जीवनोपयोगी,खोजमुलक तथा नैतिक मूल्यमा आधारित शिक्षा प्रदान गर्ने ,डक क्यामरा, स्मार्ट बोर्ड जस्ता अत्याधुनिक शैक्षिक सामाग्रीको पूर्ण प्रयोग गर्दै प्राविधिक सिकाइमा जोड दिने, दक्ष जनशक्ति तथा अतिथि व्याख्याता (नगभकत भिअतगचभच) द्वारा शिक्षण गराइने, आधुनिक सुविधा सम्पन्न विद्यार्थीद्वारा निर्मित विषयगत प्रयोगशाला रहेको जानकारी गराए ।

dirghayi clinic

कार्यक्रममा फाउन्डेसनका कार्यकारी प्रमुख वस्नेतले अबको समय शैक्षिक क्रान्तिको समय रहेको र शिक्षण सिकाइमा प्रत्यक्ष रुपमा सिकारु नै सक्रिय हुँदै चार लेबलबाट शिक्षण गराइने सार्कको नौलो शिक्षण विधिमा जोड दिए ।

सिकाइलाई प्रभावकारी बनाउन कक्षाकोठा भन्दा बाहिर पनि शिक्षण गर्नुपर्ने , प्रस्तुतीकरण, कार्यपत्र, लगबुक निर्माण तथा चक्रीय परीक्षण गराउनु पर्ने , राष्ट्रिय तथा अन्तर्राष्ट्रिय शैक्षिक भ्रमण, गोष्ठी तथा सेमिनार गर्नु पर्ने र सार्क एजुकेसन यी विषयमा अभ्यस्त भएको उनको भनाई थियो ।

वडा अध्यक्ष वस्नेतूले विद्यालयको प्रशंसा सहित शैक्षिक प्रगति तथा उन्नतिको शुभकामना दिँदै कार्यक्रम समापन गरे ।

Himal dental
सम्बन्धित
Loading...