ghar sansar

एमाले सचिव भट्टले भने– चिया पसलमा होइन, पार्टीका कुरा पार्टीमै गरौ, बाहिर गरेर पार्टी बलियो हुँदैन

little buddha academy
khasi

महेन्द्रनगर । महेन्द्रनगर । नेकपा एमालेका केन्द्रीय सचिव एवम् निवर्तमान सुदूरपश्चिम प्रदेश इन्चार्ज लेखराज भट्टले पार्टी सम्बन्धि छलफल नगरी पार्टीमै गर्नु पर्नेमा जोड दिएका छन् ।

एमाले कञ्चनपुरको बैठकमा शनिबार उनले महेन्द्रनगर, अत्तरिया र टिकापुरका केही चिया पसलको उदाहरण दिँदै ती स्थानमा आफू र पार्टी विरुद्ध कुराकानी हुने भएकाले उल्लेख गर्दै असन्तुष्टि पोखे ।

,orning glory badhai
dirghayi clinic

‘यता भट्ट जीको चिया पसल, त्यता पनि हुन्छ, अत्तरियामा महराजीको पसल छ, अनि टिकापुरमा पनि छ, त्यता पनि पार्टी विरुद्ध मेरा विरुद्ध कुराकानी हुन्छन्, भन्ने रिपोर्टिट्ट जीको चिया पसल, त्यता पनि हुन्छ, अत्तरियामा महराजीको पसल छ, अनि टिकापुरमा पनि छ, त्यता पनि पार्टी विरुद्ध मेरा विरुद्ध कुराकानी हुन्छन्, भन्ने रिपोर्टिङ्ग आएको छ’ बैठकमा उनले भने,‘यी कार्य बाहिर नगरी पार्टीभित्रै गरु, बाहिर गर्दा पार्टी बलियो हुँदैन ।’

भट्टले यस अघि पार्टीबारे चिया पसलमा हुने कुराकानीलाई लिएर शुक्रबार प्रदेश कमिटीको बैठकमा पनि कुरा उठाएको सहभागीहरुले बताए । एमालेले उनलाई सुदूरपश्चिम प्रदेश इन्चार्जबाट हटाएर कर्णाली इन्चार्जको जिम्मेवारी दिएको छ ।

बैठकमा सुदूरपश्चिम प्रदेशका नयाँ इन्चार्ज केन्द्रीय सचिव छविलाल विश्वकर्मा सहित नेताहरु बैठकमा सहभागी भएका छन् । बैठकले पार्टीको संगठन सुदृढीकरण लगायतका विभिन्न विषय समेटर एक वर्षे कार्य योजना बनाएको छ ।

Himal dental
सम्बन्धित
Loading...