महेन्द्रनगर । कबर्ड हलमा क्रिकेट रङ्गशाला बनाउने जोडतोड गरिएपछि बहुउद्देश्यीय कबर्ड हल निर्माण शिलान्यास भएको छ ।
संघ सरकारले बजेट विनियोजन गरी तयारी थालिएको क्रिकेट रङ्गशाला योजना अलपत्र परेपछि सुदूरपश्चिम प्रदेश सरकारले बहुउद्देश्यीय कबर्ड हल बनाउन लागेको हो । क्रिकेट रङ्गशालाका लागि २०७५ मा ६५ करोड बजेट विनियोजन गरिएको थियो ।
अहिले १३ करोडमा कबर्ड हल बनाउन लागिएको छ । अहिले पूरानो कबर्ड हल छ । यसलाई दुई वर्ष अघि मर्मत गरिएको थियो । कबर्ड हल भएपछि क्रिकेट रङ्गशाला बनाउन बजेट विनियोजन गरिएको थियो ।
सुदूरपश्चिम प्रदेश सरकारका सामाजिक विकास मन्त्री झपट बहादुर साउदले कबर्ड हल शिलान्यास गरे । तीन वर्षभित्र निर्माण कार्य पूरा हुने गरी शिलान्यास गरिएको छ ।
सामाजिक विकास मन्त्रालयका ईन्जिनियर होमराज तिमिल्सिनाले जेठ ४ गते बैजनाथ–कन्टुर जेभीसित सम्झौता भएको बताए ।
भलिबलमा भलिबल ,बास्केट बल, टेबुल टेनिस, ब्याट मिन्टन एकै पटक खेलाउन सकिने व्यवस्था सहितको यो कबर्ड हलको निर्माण हुने लागेको मन्त्रालयको दावी छ ।
तीन हजार पाँच सय वर्ग मिटरमा बनाउन लागिएको कबर्ड हलबाट खेलाडी उत्पादन हुने आशा गरिएको मन्त्री साउँदले बताए ।