![ghar sansar](https://ebikalpadainik.com/wp-content/uploads/2024/09/ghar-sansar-1.png)
महेन्द्रनगर । कञ्चनपुरको निर्वाचन क्षेत्र नम्बर १ (२) का प्रदेश सभा सदस्य वीर बहादुर थापा (पातल) ले सुदूरपश्चिम प्रदेश सरकारको बजेट मन्त्रीमुखी भएको आरोप लगाएका छन् । उनले सोमबार पत्रकार सम्मेलन गरी चालु आर्थिक वर्ष २०८०÷०८१ को बजेटमा मन्त्रीका जिल्लालाई मात्रै हेरिएको उल्लेख गरे ।
![daimond public](https://ebikalpadainik.com/wp-content/uploads/2025/01/hira-chand.jpg)
‘यो बजेट समानुपातिक र समाबेशी तवरले आएको छैन,’ प्रदेश सदस्य थापाले भने,’ ‘मन्त्री निकटका जिल्लामा बजेट खन्याइएको छ, अन्यमा सम्बोधन नै गरिएको छैन ।’
![lotus institite](https://ebikalpadainik.com/wp-content/uploads/2024/10/lotus-instiute.jpg)
सुदूरपश्चिमका ८८ पालिका रहेको तर ८७ पालिकाको जति बजेट एकै पालिकामा बिनियोजन गरिएको उनको आरोप छ । थापाले भने,’ ‘बजेट सच्याएर पास गर्न एमालेले खबरदारी गरेकै हो, सदनमा पनि गरि रहन्छ, आवश्यकता परे जनतासँग सडकमै उत्रिएर आन्दोलन गर्ने छ ।’
![Himal dental](https://ebikalpadainik.com/wp-content/uploads/2024/11/himal-dental.png)