ghar sansar

एमालेका प्रदेश साँसद थापा भन्छन् –सुदूरपश्चिम सरकारको बजेट मन्त्रीमुखी भयो

little buddha academy
khasi

महेन्द्रनगर । कञ्चनपुरको निर्वाचन क्षेत्र नम्बर १ (२) का प्रदेश सभा सदस्य वीर बहादुर थापा (पातल) ले सुदूरपश्चिम प्रदेश सरकारको बजेट मन्त्रीमुखी भएको आरोप लगाएका छन् । उनले सोमबार पत्रकार सम्मेलन गरी चालु आर्थिक वर्ष २०८०÷०८१ को बजेटमा मन्त्रीका जिल्लालाई मात्रै हेरिएको उल्लेख गरे ।

dirghayi clinic

‘यो बजेट समानुपातिक र समाबेशी तवरले आएको छैन,’ प्रदेश सदस्य थापाले भने,’ ‘मन्त्री निकटका जिल्लामा बजेट खन्याइएको छ, अन्यमा सम्बोधन नै गरिएको छैन ।’

,orning glory badhai

सुदूरपश्चिमका ८८ पालिका रहेको तर ८७ पालिकाको जति बजेट एकै पालिकामा बिनियोजन गरिएको उनको आरोप छ । थापाले भने,’ ‘बजेट सच्याएर पास गर्न एमालेले खबरदारी गरेकै हो, सदनमा पनि गरि रहन्छ, आवश्यकता परे जनतासँग सडकमै उत्रिएर आन्दोलन गर्ने छ ।’

Himal dental
सम्बन्धित
Loading...