ghar sansar

बेलौरीको उग्रतारा बाल विद्यालयमा सेनाको एनसीसी तालिम सुरु

little buddha academy
khasi

महेन्द्रनगर । बेलौरीको उग्रतारा बाल बिद्यालयमा नेपाली सेनाको राष्ट्रिय सेवा दल एन.सि.सि.तालिम सुरु भएको छ । तालिममा विद्यालका १८ छात्र र १८ जना छात्रा गरी ३६ जना सहभागी भएका छन् ।

सेनाले अनुशासित, बफादार, नेतृत्व, देशभक्त, आत्म विश्वास, स्वयम् सेवक जनशक्ति एवम् सक्षम नागरिक बनाउन २०२२ सालदेखि तालिम सञ्चालन गर्दै आएको छ ।

,orning glory badhai

तालिम सञ्चालन गरेको सेनाको श्रीदल गुल्म भगतपुर व्यारेकका सह सेनानी मनोज जी.सीले तालिममा शारीरिक, खुकुरी ड्रिल, सैनिक कला, हाइकिङ, एरोबिक्स, मास पिटी, म्याप रिडिङ जस्ता सीपहरु सिकाईने जानकारी दिए ।

dirghayi clinic

सेनाले सिनियर र जुनियर गरी दुई बटा डिभिजन छुट्याएर तालिम दिने गरेको छ । कक्षा ८ देखी १० सम्मका बिद्यार्थीहरुर्ला दिईने तालिम जुनियर डिभिजनको हो भने कक्षा ११ र १२ का विद्यार्थीहरुलाई दिइने तालिम सिनियर डिभिजनको हो । सिनियर डिभिजनको तालिममा हतियार समेत चलाउन सिकाईन्छ ।

तालिम एक सय १०० दिनको रहने छ, जसका ७९ दिन सम्म बिद्यालय र २१ दिन कोहलपुरमा सञ्चालन हुने छ । एन.सि.सि तालिमले विद्यार्थीहरुको बानी व्यवहार, आचरणमा पनि सुधार ल्याउने उग्रतारा बाल बिद्यालयका प्रिन्सिपल केशब सिह बिष्टले बताए ।

यस बर्ष कञ्चनपुरका ५ बटा बिद्यालयहरुमा एन.सि.सि तालिम सञ्चालन भएका छन् । बेलौरीस्थित उग्रतारा बाल विद्यालय, झलारी स्थित कृष्ण माध्यमिक विद्यालय र महेन्द्रनगर स्थित ईन्टर नेशलन पब्लिक स्कुलमा जुनियर डिभिजन र बेलौरीकै महाकाली माध्यमिक बिद्यालय र महेन्द्रनगर स्थित महेन्द्रनगर माध्यमिक बिद्यालय–साधारण) मा सिनियर डिभिजनको तालिम सञ्चालन हुने छ ।

कार्यक्रम उग्रतारा बाल विद्यालयका संस्थापक तथा बिद्यालय व्यवस्थापन समिति अध्यक्ष टेक बहादुर साउदको सभापतित्व तथा श्री श्रीदल गुल्म भगतपुरका सह सेनानी मनोज जि.सी .को प्रमुख आतिथ्यमा कार्यक्रम गरिएको छ ।

Himal dental
सम्बन्धित
Loading...