योग प्रशिक्षक प्रशिक्षण तालिम सञ्चालन हुने

महेन्द्रनगर । पतञ्जली योग समिति कञ्चनपुरको आयोजनामा नयाँ योग सह प्रशिक्षक तथा पूर्व योग शिक्षकका पुनर्ताजगि तालिम साउन ५ देखि भदौ २ गतेसम्म भगवनामृत संकृतन समितिको भवनमा सञ्चालन हुने भएको छ ।

शारिरिक अध्यास, योगिङ्ग जोगिङ्ग, प्रणायम, ध्यान, आहार योग, जडिवुटीको प्रयोग, प्रकृतिक चिकित्सा लगायतका बिषयमा प्रशिक्षण गरिने र यस तालिममा नया“ योग सह शिक्षक हुन इच्छुक व्यक्ति तथा पुर्व शिक्षकहरु सहभागि रहने छन् ।

झण्डै एक महिना सम्म सञ्चालन हुने तालिममा पञ्तजली योग समिति नेपालका प्रशिक्षक गुरुबाट प्रशिक्षण गराईने र प्रशिक्षित सह योग प्रशिक्षकहरुलाई समय सयमा पतञ्जली योग समिति हरिद्धारमा समेत सहभागि हुने अवसर प्राप्त हुने कुरा पतंजली योग समितिका मिडिया प्रभारी प्रेम सिंह भाटले बताए ।

सम्बन्धित
Loading...