ghar sansar

विपद्बाट हुने क्षति न्यूनीकरणका लागि वडा विपद् व्यवस्थापन समितिसित छलफल

khasi

महेन्द्रनगर । द्वन्द्व पीडित तथा एकल महिला विकास केन्द्रले विपद्बाट हुने क्षति न्यूनीकरणका लागि भीमदत्त नगरपालिकाका वडा स्तरीय विपद् व्यवस्थापन समितिसंग छलफल गरेको छ ।

संस्थाले नागरिक आवाजको सहयोगमा विपद् व्यवस्थापनका लागि भीमदत्त नगरपालिका र दोधारा चाँदनी नगरपालिकामा सामाजिक सुरक्षा जालो कार्यक्रम सञ्चालन गर्दै आएको छ । कार्यक्रम अन्र्तगत भीमदत्तको वन, वातावरण तथा विपद् व्यवस्थापन समितिका संयोजक सहितको उपस्थितिमा समन्वय बैठक गरी छलफल गरिएको छ।

dirghayi clinic

बैठकमा बर्खा याममा पानीजन्य विपद्को जोखिम सबैभन्दा बढी भएकाले त्यसबाट हुने क्षति न्यूनीकरणका लागि वडा स्तरीय सबै विपद् व्यवस्थापन समितिले सरोकारवालासित समन्वय र सहकार्य गरी अघि बढ्नु पर्नेमा सहभागीहरुले जोड दिए ।

बैठकमा भीमदत्तको वन, वातावरण तथा विपद् व्यवस्थापन समितिका संयोजक भीनपा ११ का वडा अध्यक्ष प्रकाश थापा, भीनपा ९ का वडा अध्यक्ष गगन सिह कार्की, भीनपा १३ का वडा अध्यक्ष राम बहादुर बोहरा, कार्यपालिका सदस्य अन्जली बोहरा, वडा सदस्यहरु हेम बस्नेत, देवकी जोशी, पदमर प्रसाद जैसी, रेजिना पाठक, फूल पहरी, भीमदत्तको वन, वातावरण तथा विपद् व्यवस्थापन शाखाका प्रमुख मनोज प्रसाद भट्ट, महिला तथा बालबालिका शाखा प्रमुख कुन्ती लेखक, भीनपा ११ का वडा सचिव चेतराज पनेरु लगायतले विपद् व्यवस्थापनका लागि सबैले लाग्नु पर्ने धारणा राखे ।

संस्थाका अध्यक्ष सीता बोहराको अध्यक्षतामा गरिएको कार्यक्रम सञ्चालन संस्थाका कार्यक्रम संयोजक डम्बरी विष्ट कुँबरले गरेकी थिइन् ।

Himal dental
सम्बन्धित
Loading...