ghar sansar

कञ्चनपुरका उद्यमी व्यवसायीलाई लेखा व्यवस्थापन तालिम

khasi

महेन्द्रनगर । कञ्चनपुर उद्योग वाणिज्य संघले उद्योगी व्यवसायीहरुका लागि लेखा व्यवस्थापन तालिम आयोजना गरेको छ । संघको कोषाध्यक्ष तथा लेखा समितिका सभापति चेतराज जोशीको अध्यक्षतामा गरिएको कार्यक्रममा संघका प्रथम उपाध्यक्ष सुरेश गुरुङ्ग प्रमुख अतिथि थिए ।

dirghayi clinic

संघका पदाधिकारी र सदस्यहरुका साथै उद्योग व्यवसायी सहभागी तालिममा कोषाध्यक्ष जोशीले प्रशिक्षण दिए । तालिममा लेखा परीक्षण गर्न पूर्व गरिने सम्पूर्ण तयारी, लेखा प्रणाली अनुसार गर्नु पर्ने कार्य, आय विवरण, भ्याट विवरण, अन्त शुल्क, अनलाईन इन्ट्री सम्वन्धि विस्तृत जानकारी दिइएको छ । तालिम समापनमा सहभागीहरुलाई लेखा सम्वन्धि सप्टवेयर प्रदान गरिएको छ ।

तालिमबाट लेखा परीक्षणको लागि गर्नु पर्ने तयारी, अललाईन मार्फत आय कर, भ्याटर अन्त शुल्कको इन्ट्री, सप्टवेयरमा लेखा विवरण राख्ने कार्यकमा व्यवासायीहरुलाई दक्ष बानाउनुको साथै लेखा प्रणालिको ज्ञानको अभावमा पर्ने विविध समस्या समाधान यस तालिमबाट सहज हुने अपेक्षा गरिएको संघका कार्यकारी अधिकृत हेमराज भट्टले बताए ।

कार्यक्रममा प्रमुख अतिथि संघका प्रथम उपाध्यक्ष गुरुङ्गले आगामी दिनमा पनि यस प्रकारका तालिम सञ्चालन गरिने बताए । संघका द्वितीय उपाध्यक्ष धर्म सिंह रावलले धन्यवाद ज्ञापन गरे । तालिममा १५ जना सहभागी भए । संघका कार्यकारी अधिकृत हेमराज भट्टले कार्यक्रम सञ्चालन गरेका थिए ।

Himal dental
सम्बन्धित
Loading...