ghar sansar

भीमदत्त काँग्रेसको नगर सम्मेलन : काँग्रेसलाई एक ढिक्का बनाउनु पर्नेमा जोड

महेन्द्रनगर । नेपाली कांग्रेस भिमदत्तनगर नगर कार्यसमितिको प्रथम नगर सम्मेलन भब्य रुपमा सम्पन्न भएको छ । शनिबार काँग्रेस पार्टी कार्यालयमा काँग्रेस संसदीय दलका प्रमुख सचेतक रमेश लेखकको प्रमुख आतिथ्यमा कार्यक्रम गरिएको छ ।

सम्मेलनमा सहभागीहरुले काँग्रेस एक ढिक्का हुनु पर्नेमा जोड दिएका छन् । कांग्रेस जिल्ला सभापति पदम बोगटीले राजनीति विकासका लागि भएकाले नगर तथा जिल्लाको विकास हुनेमा ढुक्क हुन समेत सबैलाई आग्रह गरेका छन । निर्वाचनमा आफुहरुले गरेका वाचा पूरा गर्नेमा आश्वस्त हुन सबैलाई उनले आग्रह गरे । साना साना कुरालाई लिएर नगरको विकास नै भएको छैन भन्ने कुरा भन्न नमिल्ने उनको भनाई छ ।

भीमदत्तमा देखिएका सडक, विद्युत लगायतका साना ठूला समस्याको समाधानको लागि पहल भईरहेको उनको भनाई छ । सामाजिक सञ्जालमा जथाभावी नलेख्न समेत उनले नेता कार्यकर्तालाई आग्रह गरेका छन । यदि केही समस्या, गुनासा भए सम्बाद र छलफलबाटै समाधान गर्नु पर्ने सभापति बोगटीले बताए ।

कांग्रेसका केन्द्रिय सदस्य यज्ञराज जोशीले कागे्रंस ठुलाठुला तानाशाहलाई ढालेर शासन सत्ताको बागडोर समालेको पार्टी भएको बताए । विश्वबाट कम्युनिष्ट विलय हुन लागेको उनले बताए ।

बाहिरी सिको देखेर केही मान्छेहरुले संकिर्ण सोच बनाएको भएपनि कांग्रेस कांग्रेस नै भएको उनले उल्लेख गरेका छन । कांग्रेसका नेता कार्यकर्ताले सम्मेलनमा बोलेका बिषयहरु कांग्रेसलाई सुधार्नको लागि आएकोले त्यसलाई कार्यान्वय गर्न समेत आग्रह गरेका छन ।

कार्यक्रममा बोल्दै सुदूरपश्चिम प्रदेश सह महामन्त्री, प्रदेश सदस्य तथा जिल्ला,क्षेत्र नगर , बडा पदाधिकारी र नेता कार्यकर्ताले कांग्रेसका नेता कार्यकर्ताका बिचमा रहेका समस्याहरुलाई आपसि छलफल बाट समाधान गरी आन्तरिक रुपमा रहेको बैमनश्यता र मतभेदलाई त्यादै एकजुट हुनुपर्नेमा जोड दिएका छन ।

कार्यक्रमको प्रमुख अतिथि नेपाली कांग्रेसका केन्द्रिय सदस्य तथा नेपाली कांग्रेस संसदियदलका प्रमुख सचेतक रमेश लेखक रहेका थिए भने कार्यक्रमको सभापतित्व नगर सभापति अच्यूत कलौनिले गरेका थिए ।

यसैगरी कार्यक्रमका बिशिष्ठ अतिथि नेपाली कांग्रेसका केन्द्रिय सदस्य यज्ञराज जोशि, अतिथिहरु प्रदेश सहमहामन्त्रि गोपाल दत्त भट्ट, चिन्तामणि जोशि, प्रदेश सांसद बेल बहादुर राना, मधु भारति, प्रदेश सदस्यहरु दिवाकर पाण्डेय, निलम लेखक जोशि, जिल्ला सभापति पदम बोकटी, सचिब भिम भट्ट, क्षेत्रिय सभापति केशब चन्द, कांग्रेस नेता गोपाल गुरुङ, कांग्रेस नेता प्रेम बिष्ट लगायत प्रदेश, जिल्ला, क्षेत्र, नगर तथा बडा कमिटि पदाधिकारी, कृयाशिल सदस्य लगायतका सहभागी भएका छन् ।

Himal dental
सम्बन्धित
Loading...