ghar sansar

एमाले उप महासचिव ज्ञवालीले भने–सुन निकालि सकेको गोदाममा छापा मारेर के गर्न खोजेको, मुख्य नाइके को हुन्, खोज्नु पर्दैन ?

khasi

महेन्द्रनगर । नेकपा (एमाले) उप महासचिव प्रदीप ज्ञवालीले प्रधानमन्त्री समेत रहेका माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई लडाकु शिविरमा भएको छानबिन गर्न चुनौती दिएका छन् ।

एमाले सुदूरपश्चिम प्रदेश, स्कुल विभागको आयोजनामा आजबाट सुरु भएको प्रदेश स्तरीय प्रशिक्षण कार्यक्रमको उद्घाटन गर्दै स्कुल विभाग प्रमुख समेत रहेका उपमहासचिव ज्ञवालीले सरकारले प्रचारात्मक काम बढि गरिरहेको भन्दै लडाकु शिविरको छानबिन गर्न प्रचण्डलाई चुनौती दिएका हुन् ।

‘भुटानी शरणार्थी र ललिता निवास प्रकरणमा मात्रै किन आइरहेको छ लडाकु शिविरको छानबिन गर्ने सक्ने आट छ,’ उनले भने ।

dirghayi clinic

उनले २२ पटक सम्म सुन छाडेर २३ औँ पटकमा पक्राउ गरेको भन्दै त्यसमा पनि सरकारको कमजोरी रहेको बताएका थिए । ‘२३ औँ पटकमा पक्राउ गरिएको रहेछ । २२ पटक सम्म त छुट्यो नि । ८ दिन पछि सुन निकालिसकेको गोदाममा छापा मारेर के गर्न खोजेको हो ?’ उनले भने, ‘२२ पटक सम्म सुन तस्करी गर्नेहरूलाई खोज्नु पर्दैन ? मुख्य नाइके को को हुन् । खोज्नु पर्दैन ? ’

माओवादी उपाध्यक्ष कृष्ण बहादुर महाराको बुवा छोराको नाम पनि सुन तस्करीमा जोडिँदा सरकारले छानबिन गर्न हिम्मत नगरेको उनले बताए ।

उनले मुलुकको खस्किँदो अवस्थाले एमाले चिन्तित रहेको बताएका छन् । उनले भने, ‘नेपाको राष्ट्रिय हित सङ्कटमा छ । चौतर्फी निराशामा छ । ८ लाख भन्दा बढि श्रम स्विकति लिएको पाइएको छ । देश रित्तो हुने अवस्था छ । मुलुकको खस्किँदो अवस्थाले एमाले चिन्तित छ ।’

सत्ता टिकाउनको लागि सत्ता गठबन्धनले घटिया काम गर्न पनि पछि नपरेको उनको आरोप थियो । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको भारत भ्रमण नेपालको भन्दा भारतको बढि हित भएको उनले बताएका थिए । प्रशिक्षणको संयोजन स्कुल विभागका सुदुरपश्चिम संयोजक तथा पार्टीका पोलिटब्युरो सदस्य राजेन्द्र सिंह रावलले गरिरहेका छन् ।

Himal dental
सम्बन्धित
Loading...