एमालेपछि माओवादी केन्द्रमा पनि प्रदेश इन्चार्ज हेरफेर, सुदूरपश्चिम इन्चार्जमा आचार्य

महेन्द्रनगर । नेकपा माओवादी केन्द्रले सुदूरपश्चिमका लागि नयाँ इन्चार्ज तोकेको छ । माओवादी केन्द्रले पदाधिकारीहरुको जिम्मेवारी हेरफेर गर्दै नयाँ इन्चार्ज तोकेको हो ।

केन्द्रीय कमिटीको चौथो पूर्ण बैठककाबिच प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष पुष्पकमल दाहालले पदाधिकारीको जिम्मेवारी हेरफेर गरेका हुन्। जसअनुसार सुदूरपश्चिमको इन्चार्जमा डिलाराम आचार्य तोकिएका छन् । यसअघि सुदूरपश्चिममा खगराज भट्ट इन्चार्ज थिए ।

त्यस्तै वाग्मती प्रदेश इन्चार्जको जिम्मा जनार्दन शर्माले पाएका छन् भने वर्षमान पुनलाई विशेष प्रदेशको जिम्मा दिइएको छ ।

त्यस्तै कोशीको इन्चार्जमा लिलामणि पोखरेल, मधेशको इन्चार्ज देवेन्द्र पौडेल, कर्णालीको इन्चार्ज चन्द्रप्रकाश खनाल तोकिएका छन्। यस अघि एमालेले सुदूरपश्चिम सहित सबै प्रदेशमा इन्चार्ज हेरफेर गरेको थियो ।

सम्बन्धित
Loading...