भीमदत्तको ३ नम्बर वडामा मदिरा कारोबारमा कडाई, कार्य विधि पालना नगर्नेलाई कारवाही

महेन्द्रनगर । भीमदत्त नगरपालिका ३ ले मदिरा कारोबारमा कानुन पालना गराउन थालेको छ । वडा समितिले मदिरा व्यवसायी र सेवनकर्तालाई मदिरा बिक्री वितरण, व्यवस्थापन तथा नियमन कार्य विधि २०७४ का पालना गराउन सार्वजनिक सूचना जारी गरेको छ ।

वडा अध्यक्ष गगन सिह धामीले हस्ताक्षरित सूचनामा कार्य विधि अनुसार कारोबार भएको नपाएमा कानुनी प्रक्रिया कारवाही गरिने उल्लेख गरिएको छ ।

स्थानीय तह निर्वाचनपछि भीमदत्तमा मदिरा कारोबार व्यवस्थित बनाउन कानुन पालना गराउन अघि सरेका वडा अध्यक्ष धामी पहिलो हुन् ।

सम्बन्धित
Loading...