ghar sansar

कुतियाकवर कटान हेर्न साँसद लेखकले बल्ल पाए फुर्सद, तटबन्ध बनाउने आश्वासन दिएर फर्किए

Amity

महेन्द्रनगर । कञ्चनपुर निर्वाचन क्षेत्र नं. ३ का साँसद रमेश लेखकले दोधारा चाँदनी नगरपालिका १० कुतियाकवर पुगेर कटान क्षेत्र स्थलगत निरीक्षण गरेका छन् । महाकाली नदीले झण्डै एक महिनादेखि कटान गर्दै आएको क्षेत्रमा उनी बिहीबार विहान सुदूरपश्चिम प्रदेश सभाका सदस्य र काँग्रेस नेता कार्यकर्ता सहित पुगेका छन् ।

काँग्रेस कञ्चनपुर निर्वाचन क्षेत्र नं. ३ ख को प्रदेश प्रथम सम्मेलनका लागि दोधारा चाँदनी पुगेका उनले कार्यक्रम सुरु हुन अघि नै कटान क्षेत्र निरीक्षण गरेका हुन् ।

lotus institite

कटान क्षेत्र निरीक्षणका क्रममा उनले आफूले कटान रोक्न नदीमा पक्की तटबन्ध निर्माणका लागि पहल गर्ने आश्वासन दिए पनि तत्काललाई जैविक तटबन्ध बनाउन सहयोग गर्ने प्रतिवद्धता जनाए ।

‘अहिले जैविक तटबन्ध बनाउने कार्यमा सहयोग गर्छु, तत्काल अरु गर्न सकिने सम्भावना छैन, तटबन्ध बनाउन पहल गर्छु’ निरीक्षणका क्रममा साँसद लेखकले आश्वासन दिएको उल्लेख गर्दै स्थानीय नयन सिह सुनारले भने ।

साँसद लेखकसित स्थानीयले महाकाली र जोगबुडा नदीमा तटबन्ध बनाएर वस्ती जोगाउनु गम्भीर हुन आग्रह गरे । उनीहरुले तटबन्ध बनाउन नसकिए वस्ती जोगिने सम्भावना नभएको साँसद लेखकलाई जानकारी गराए ।

‘अब तटबन्ध बनाएर जोगाएर भने मात्रै हो, नत्र आज भोलि भन्दा भन्दै कुन दिन वस्ती नै सकिन्छ’ स्थानीय सुनारले भने ।

यस अघि साउनमै साँसद लेखक दोधारा चाँदनी पुगेर पनि कटान क्षेत्रमा नपुगेपछि उनको आलोचना भएको थियो । काँग्रेस दोधारा चाँदनीको नगर सम्मेलनमा प्रमुख अतिथि भएर काठमाडौंमा फर्किएका उनलाई काँग्रेस नेताले फोनबाट समस्या जानकारी गराएका थिए । यसले साँसद लेखकमाथि स्थानीयमा आक्रोश बढाएको थियो ।

उनका अनुसार २०२२ सालमा बसेको वस्तीमा ४९ घर परिवार छन् । बर्खा याम सुरु भएपछि हालसम्म महाकाली नदीले एक दर्जन परिवारको जग्गा कटान गरि सकेको छ । जैविक तटबन्ध बनाएर कटान रोक्न प्रयास गरिए पनि अझै काटिने क्रम रोकिएको छैन ।

महाकाली र जोगबुढा मिसिएर पानीको प्रवाह तीव्र भएपछि जग्गा कटानी थालिएको स्थानीय बताउँछन् । महाकाली नदीमा बनाइएको तटबन्धले पानीको प्रवाह तीब्र भएर कटान भएको स्थानीयको आशंका छ ।

Himal dental
सम्बन्धित
Loading...