ghar sansar

भारतमा गोली हानेर पत्रकारको हत्या

Amity

महेन्द्रनगर । नेपालको सीमावर्ती भारतीय राज्य बिहारमा शुक्रबार एक पत्रकारको गोली हानी हत्या गरिएको छ ।  बिबिसी हिन्दीका अनुसार बिहारको अररिया जिल्लामा शुक्रबार बिहानै अज्ञात समूहले दैनिक जागरण पत्रिकाका संवाददाता विमलकुमार यादवलाई गोली हानेका हो ।

अररियाका एसपी अशोककुमार सिंहले समाचार एजेन्सी पिटिआईसँग भनेका छन्– चार जनाको समूह विमलको घरबाहिर आएर बेस्सरी चिच्याएका थिए । उनी बाहिर निस्किएपछि गोली हानेर फरार भएका छन्। गोली लागेका विमलको घटनास्थलमै मृत्यु भएको छ । हामी अपराधीलाई खोजीरहेका छौं ।

lotus institite

सन् २०१९ मा विमलका भाइको पनि हत्या भएको थियो । उक्त हत्याका एकमात्र साक्षी विमल थिए। विमललाई अदालतमा बयान फेर्न धेरै पटक दबाब आएको थियो ।

Himal dental
सम्बन्धित
Loading...