महेन्द्रनगर । पतञ्जली योग समिति कञ्चनपुरले सञ्चालन गरेको ३६ दिने योग प्रशिक्षक प्रशिक्षण शिविर समपान भएको छ । सुदूरपश्चिम प्रदेशसभा सदस्य मधु भारतीको प्रमुख आतिथ्यमा समापन कार्यक्रम गरिएको छ । कार्यक्रममा पतञ्जली आयुर्वेद कञ्चनपुरका प्रमुख माधव जोशी विशियठ अतिथि थिए ।
योग अति नै राम्रो हो , सबैले योग गर्नुपर्छ , सरकार बाट हुनसक्ने सबै सहयोग गराउन आफू तयार रहेको प्रदेश सदस्य भारतीले बताइन् । यसैगरी जोशीले पतञ्जलीसंग मिलेर नै हामी काम गरिरहेको , पतञ्लीको शुद्व उत्पादन बिक्री गरी सेवा गरिरहेको , योगको क्षेत्रमा सबै सहयोग गर्न तयार छु बताए ।
जनज्योति कलेजको हल छ त्यहाँ क्षेत्रका लागि योग गर्न उपयुक्त छ म दिन तयार छु , योग गराउनुहोस भने । कार्यक्रममा जोशीलाई सम्मान गरिएको छ ।
कार्यक्रममा परीक्षाको नतिजा प्रकाशित गरियो । सबै उत्तीर्ण पनि हुनुभयो , सबैलाई बधाई छ । वहाँ सबैले आआफ्नो अनुभव सुनाए ।
सबैले घरघरमा योग संचालन गर्ने उदघोष गरे । सहभागीमध्ये उत्कृष्टलाई तीन दिवसिय आवाशीय शिविरमा सहभागी गराईनेछ ।
पतञ्जलीको ३६ दिने योग शिक्षक प्रशिक्षण शिविरमा केन्द्रीय सदस्य लवराज भट्ट , प्रदेश सदस्य नारायण पन्त , जिल्ला अध्यक्ष दयाकृष्ण जोशी , महिला अध्यक्ष कमला पाण्डे , उपाध्यक्ष ई धनसिह बडाल , महिला उपाध्यक्ष भावना केसी , महामन्त्री हरि रावल , मिडिया प्रभारी प्रेमसिह भाट ,महिला महामन्त्री लक्ष्मी अवस्थी , बर्ष गुरु गणेश ब चन्द , स्वाध्याय प्रभारी आचार्य सुदर्शन जोशी , नि. बर्ष गुरु वरिष्ठ अधिवक्ता पूर्ण बहादुर चन्द , मन्त्री ईश्वरी अवस्थी , भीमदत्त नगर अध्यक्ष पवन पनेरू, उपाध्यक्ष श्याम राज बिष्ट , महामन्त्री शमशेर चन्द, बेदकोट नगर अध्यक्ष भगिरथ भट्ट , शुक्लाफाँटा अध्यक्ष केशव अवस्थी , दोधारा चाँदनी अध्यक्ष हरि रसाइली, बजार योग केन्द्र प्रमुख पदम ठकुराठी , बरपिपल योग केन्द्र प्रमुख गणेश शर्मा , वडा ४ अध्यक्ष केशवराज पन्त , ईन्जिनियर गणेशदेव भट्ट , जल प्रभारी राधेश्याम भट्ट , भोजन प्रभारी शिवराज जोशी , किसान प्रभारी सुरेन्द्र बहादुर चन्द , सेना प्रभारी पदम धामी , कर्ण बहादुर चन्द, महाबीर चन्द , जयराज पनेरू , हरि चन्द , राजकुमार थापा , महिला तर्फ कालिका उप्रेती , मानवती जोशी , गोविन्दी बम , देवकि भट्ट , विनिता चन्द , भुवनेश्वरी नाथ , सावित्री सिह , जानकि ठगुन्ना , मन्जु पन्त , धना पन्त , सोनु देवल ,चन्द्रा देवी ऐर लगायत सहभागी भएका छन् ।