
महेन्द्रनगर । खुला मञ्चमा भदौ १० गतेदेखि गौरा महोत्सव हुन लागेको छ । महाकाली साहित्य सङ्गमले गौरा पर्वको अवसर पारी महोत्सव आयोजना गर्न लागेको छ ।
सङ्गमले २०५० देखि आयोजान गर्दै आएको महोत्सवलाई यस वर्ष निरन्तरता दिएको अध्यक्ष हरिश प्रसाद जोशीले बताए ।
भदौ १० गतेदेखि साँझ सुरु हुने महोत्सवमा भारी खेल(ढुस्को, धुमारी, चाल्लि औल्याखेल, भगालिङग), डेउडा ( महिला, पुरुष), गोरा प्रदर्शनी, परि संवाद, नेपाल–भारत सिमावर्ती संस्कृति सम्मेलन, लाखे नाच, सम्मान लगायतका कार्यक्रम राखिएको अध्यक्ष जोशीले जानकारी दिएका छन् । महोत्सवमा पुरुष र महिलाका छुट्टाछुट्टै देउडा आयोजना हुने बताइएको छ ।
महोत्सवमा तीन जना देउडीलाई सम्मान गरिने भएको छ । संङ्गमले महोत्सवमा सहभागी हुन सबैमा आग्रह गरेको छ ।
