ghar sansar

ब्रह्मदेबमा यो बाटोको यस्तो बिडम्बना : न बनाई दिन्छन्, न बनाउँछौ भन्दा बनाउन दिन्छन्

महेन्द्रनगर । भीमदत्त नगरपालिका ९ ब्रह्मदेब बजारमा बाटोको ग्राभेल बगेर आवागमन सास्ती खेप्नु परेको बाटो बनाउन व्यवसायीले हारगुहार गर्दा पनि सरकारी निकाय मौन बसेका छन् । ब्रह्मदेब बजारका व्यवसायी बाटो मर्मतका लागि सबै सरकारी निकायसम्म धाएका छन् ।

झण्डै दुई साता अघि ब्रह्मदेब बजारको पश्चिम कल्भर्ट जोड्ने बाटोको ग्राभेल वर्षाले बगाएको थियो । बाटाको ग्राभेल बगाएपछि सवारी साधनलाई कल्भर्टबाट वारपार गर्न नसकिने अवस्था बनेको छ । ग्राभेल बगेर धसिएको बाटोका कारण सवारी दुर्घट्नाको जोखिम बढेको स्थानीय बताउँछन् ।

ब्रह्मदेब बजार व्यवस्थापन समितिका सचिव यजराज भट्ट बाटो मर्मतका लागि वडा कार्यालयदेखि प्रशासन कार्यालयसम्म सबै सरकारी निकायसम्म पुगेको बताउँछन् ।

‘यहाँ सशस्त्र, जनपद प्रहरीदेखि वडा कार्यालय, प्रशासन कार्यालय सबै ठाउँसम्म पुगि सकेका छौ’ उनले भने,‘अहिलेसम्म बाटो बनाउने कुनै सुरसार गरिएको छैन, हामी आफैंले बनाउँछौ भन्दा पनि सशस्त्र प्रहरीले बनाउन दिदैँन ।’

सशस्त्र प्रहरीले भारतीय सीमा सुरक्षा बल(एसएसबी) ले काम गर्न नदिने भन्दै स्थानीयलाई बाटो गर्न गर्न दिएको छैन । केही दिन अघि व्यवसायीले मर्मत कार्य गर्दा सशस्त्र प्रहरीले रोकेको थियो ।

सशस्त्र प्रहरीको ब्रह्मदेब पोष्टले बाटो नजिक पोष्ट राखेको छ । पोष्टका सशस्त्र प्रहरीले भारतीय एसएसबीले काम गर्न नदिने भन्दै स्थानीयलाई रोकेका हुन् । ब्रह्मदेब बजारको पश्चिम भएर नेपाल भारत सीमा नाका भन्दा झण्डै पाँच सय मिटर नेपाली भूमिमा बाटो पर्छ । भारतलृे यस क्षेत्रमा विवादित भूमि भन्दै नेपाललाई विकास निर्माण कार्यमा अवरोध गर्दै आएको छ ।

कञ्चनपुर उद्योग बाणिज्य संघका पूर्व कार्य समिति सदस्य राजेन्द्र प्रसाद पनेरुले नेपाली भूमिमा बाटो मर्मतका लागि सशस्त्र प्रहरीले भारतीय एसएसबीलाई देखाउने कार्यले आफूहरु आश्चर्यमा परेको बताए ।

‘भारतीय एसएबसीले विवादित छ भन्दैमा हाम्रो सशस्त्रले नेपाली भूमिमा भारतीय एसएसबीलाई देखाउने कार्य कुनै पनि हालतमा राम्रो भएन’ उनले भने,‘एसएसबीले ब्रह्मदेब बजारमै विवादित छ भन्छ, अनि जे भन्यो हामीले त्यहीं गर्दै जानु पर्छ त ।’

ब्रह्मदेबका स्थानीय भारत जान वर्षौैदेखि यहीं बाटो भएर आवागमन गर्दै आएका छन् । सशस्त्र प्रहरीले बाटो मर्मत सहयोग नगरेपछि स्थानीय सशस्त्र प्रहरीसित बनेका छन् । सशस्त्र प्रहरीको ब्रह्मदेब बिओपीका इन्चार्ज सशस्त्र प्रहरी निरीक्षक सूर्य प्रसाद पन्तले सशस्त्र प्रहरी उपरीक्षकलाई बाटो स्थलगत अनुगमन गराउन दिएको आश्वासन समेत पूरा नगरेको गुनासो गरेका छन् ।

बाटाको ग्राभेल बगेपछि स्थानीयले मर्मतका लागि सशस्त्र प्रहरी निरीक्षक पन्तलाई गुहारेका थिए । उनले सशस्त्र प्रहरीको झलारी गणबाट सशस्त्र प्रहरी उपरीक्षक ब्रह्मदेब आउने कार्यक्रम भएकाले स्थलगत निरीक्षण गराउने आश्वासन दिएका थिए । सशस्त्र प्रहरी उपरीक्षक प्रेम रावल बाटो निरीक्षण नगरी फर्किएका थिए ।

सशस्त्र प्रहरी निरीक्षकले निरीक्षण समेत नगराएपछि स्थानीय सशस्त्रका कारण बाटो मर्मत हुन नसकेको आशंका गर्न थालेका छन् ।

स्थानीय उनीहरु सशस्त्र प्रहरी बाटो नजिक राखिने सवारी साधनबाट अशुली हुने रकमबाट लाभ पुगेको आशंका व्यक्त गर्छन् ।

सशस्त्र प्रहरीको पोष्ट नजिनक राखिने सवारीबाट केही स्थानीयले प्रति सवारी ३० देखि ५० रुपैँया अशुल्ने गरेका छन् । सशस्त्र प्रहरीले यसलाई रोक्न चासो देखाएको छैना ।

सार्वजनिक स्थानमा राखिएका सवारीबाट यसरी रकम लिन गैर कानुनी काम हो । स्थानीयले गैर काुननी काम रोक्न सशस्त्रलाई आग्रह गरे पनि वेवास्ता गरिएको छ ।

सशस्त्र प्रहरीले बालबालिकाले पैसा लिएको भन्दै जवाफ दिने गरेको स्थानीय बताउँछन् । स्थानीयका अनुसार त्यहाँ राखिने सवारीबाट दैनिक ५÷६ हजारसम्म रकम अशुली हुने गरेको छ । त्यसमध्ये केही सशस्त्र प्रहरीसम्म पुग्ने गरेको हुन सक्ने स्थानीयको आशंका छ ।

मानव बेचबिखन नियन्त्रण तथा रोकथामका लागि गैर सरकारी संस्थाले बनाएको खोकामा सशस्त्र प्रहरीको पोष्ट छ । सशस्त्र प्रहरी विहानदेखि राति १० बजेसम्म पोष्टमा बस्दै आएको छ ।

सशस्त्र प्रहरीको ब्रह्मदेब बिओपीका इन्चार्ज सशस्त्र प्रहरी निरीक्षक सूर्य प्रसाद पन्त पुरानो विवाद भएकाले दुई देशको सहमति विना ग्राभेल हाल्न नसकिएको बताए ।

‘यो विवाद पुरानो हो, दुई देशको सहमति नभएर ग्राभेल हाल्न सकिदैन’ उनले भने,‘मैले माथि कुरा गरेको छु, माथिको आदेश आउने बित्तिक्कै काम हुन्छ ।’

Himal dental
सम्बन्धित
Loading...