

महेन्द्रनगर । नेकपा एमालेको लालझाडी गाउँ कमिटीले बलात्कार मुद्दामा किटानी जाहेरी परेका राष्ट्रिय युवा संघको सुदूरपश्चिम प्रदेश कमिटी सदस्य अम्मर सिह रानालाई कारवाही गरेको छ ।
लालझाडीकी २२ वर्षिया किशोरीले राना विरुद्ध जिल्ला प्रहरी कार्यालयमा जबरजस्तीकरणीमा जाहेरी दिएपछि गाउँ कमिटीले रानालाई पार्टीबाट निलम्बन गरेको हो ।


एमाले लालझाडीका अध्यक्ष ओम प्रकाश रानाले हस्ताक्षर गरेको विज्ञप्तिमा मुद्दाको टुङगो नलागेसम्म निलम्बन गरिएको उल्लेख छ ।
जिल्ला प्रहरी कार्यालयमा जाहेरी दर्तापछि राना विरुद्ध इलाका प्रहरी कार्यालयमा स्थानीय रोहित बडायकले अर्काे उजुरी पनि दिएका छन् ।
एमाले लालझाडी गाउँ कमिटीले राना पार्टीको प्रदेश कमिटी सदस्य भनेर प्रचार गरिएकोमा आपत्ति जनाउँदै उनी संगठित सदस्य मात्रै भएको जानकारी दिएको छ ।


