ghar sansar

यो तालले कहिले सकिएला भूमि आयोगको काम

khasi

महेन्द्रनगर । कञ्चनपुरमा हालसम्म भूमिहिन दलित, भूमिहिन सुकुम्बासी र अव्यवस्थित बसोबासीको चार हजार पाँच सय १८ बढी हेक्टर जमिन नापजाँच गरिएको छ । अहिलेसम्म ३५ हजार ३ सय ३३ कित्ता जमिन नापजाँच सकिएको हो ।

राष्ट्रिय भूमि आयोग जिल्ला समिति कञ्चनपुरका अनुसार सबैभन्दा बढी ३३ हजार ७ सय २३ अव्यवस्थित बसोबासीको जग्गा नापजाँच गरिएको छ । त्यसपछि भूमिहिन सुकुम्बासी ३ सय २५ र भूमिहिन दलित १ सय ७९ परिवारको जग्गा नाप जाँच गरिएको छ ।

Anant bahu travels

आयोगका अनुसार सबै ९ ओटै स्थानीय तहमा जग्गा नापजाँच कार्य भई रहेको छ । आयोगले हालसम्म नाप गरिएको जग्गाको ३३ हजार ७ सय ९२ कित्ताको डाटाबेस विवरण समेत तयार गरि सकेको छ । नाप गरिएका अन्य कित्ताको विवरण तयार गर्ने कार्य भई रहेको छ ।

आयोगले अधुरोतर्फको ३ हजार ३० जनाको लागि हकदावी सूचना जारी गरेको छ । हालसम्म अधुरोतर्फको ६६ जनालाई जग्गाधनी पूर्जा वितरण गरिएको छ । कृष्णपुर नगरपालिकामा केही महिना अघि जग्गाधनी पूर्जा बाँडिएको थियो ।

विगतका सुकुम्बासी सहितका अन्य आयोगले अधुरो छाडेका कामलाई अहिले आयोगले पूर्णता दिने जिम्मेवारी पाएको छ । विगतका अधुरा काम छाडिएका कामलाई अहिले सेता पूर्जालाई रातो बनाउने कार्य गरिएको हो ।

राष्ट्रिय भूमि आयोग जिल्ला समिति कञ्चनपुरका सदस्य सचिन नापी अधिकृत पुस्कर बहादुर पालले केही दिनभित्रै दोधारा चाँदनी र बेदकोट नगरपालिकामा अधुरो कामको जग्गाधनी पूर्जा वितरण गरिने जानकारी दिए ।

‘आयोगको कार्यालयमा बसेर हामीले अधुरो कामको पूर्जाका लागि कार्य गरि रहेका छौ, अब केही दिनमा दोधारा चाँदनी र बेदकोटमा डेढ सय पूर्जासम्म बाँड्ने तयारीमा छौ’ उनले भने ।

कञ्चनपुरका सबै स्थानीय तहमा नापजाँच हुने जग्गाको यकिन तथ्याङ्क भने कार्यालयमा अहिलेसम्म नआएको सदस्य सचिव पालले बताए ।

‘अहिलेसम्म नापजाँच भएको जग्गाको तथ्याङ्क छ, यो बाहेक जिल्लाभर कुन तहमा कति जग्गा नापजाँच हुने, त्यसको विवरण छैन’ उनले भने,‘स्थानीय तहलाई पठाउनु भनेका छौ, अहिलेसम्म पठाएका छैन ।’

स्थानीय तहले यस अघि जग्गाको विवरण पठाए पनि आयोगको कार्यविधि अनुसार नभएकाले फेरि पठाउन पत्राचार गरिएको थियो । आयोगका अनुसार स्थानीय तहले कार्यपालिकाको निर्णय नगरी आयोगको कार्यालयमा नापजाँच हुने जग्गाको विवरण पठाएको हो ।

dirghayi clinic

‘पठाउनु त पठाएको हो, त्यो आयोगको नियमानुसार नभएपछि फेरि पठाउनु भनिएको हो, कार्यपालिकाबाट निर्णय गरी पठाउनु पर्छ’ पालले भने,‘अब स्थानीय तहबाट आएपछि मात्रै सबै विवरण यकिन हुन्छ ।’

राष्ट्रिय भूमि आयोगको नेतृत्वमा थालिएको जग्गाधनी पूर्जा वितरण गराउने कार्यमा मालपोत तथा भूमि सुधार, नापी सहितका कार्यालय सहयोगीका रुपमा परिचालन गरिएका छन् ।

आयोगले जग्गा सम्बन्धि कामकाजका लागि १६ जना प्राविधिक उपलब्ध गराएको छ । सुरुमा २२ जना प्राविधिमा आएकोमा अहिले घटेर १६ पुगेका छन् । उनीहरु सबै करार सेवाका प्राविधिक हुन् । ६ जना लोक सेवा पास गरेपछि जनशक्ति घटेर आयोगका कामकाजमा वाधा परेको छ ।

राष्ट्रिय भूमि आयोग जिल्ला समिति कञ्चनपुरका सदस्य सचिव पालले जनशक्ति नभएर आयोगलाई कामकाजमा समस्या झेल्नु परेको बताए ।

‘आयोगले सुरुमा २२ जना पठाएको थियो, यति ठूलो जिल्लाका लागि त्यो संख्या नै कम थियो, त्यसमा पनि घटेर कम १६ पुगेपछि त झन समस्या भएको छ’ उनले भने,‘यसले कामकाकाज जनताको अपेक्षा अनुसार हुन सकेको छैन ।’

आयोगले प्राविधिक जनशक्ति नबढाउँदासम्म आयोगले कामलाई गति दिन सक्ने अवस्था नभएको पाल बताउँछन् । ‘जग्गा नापजाँचको काम महत्वपूर्ण हो, अलि नि तलमाथि हुँदा समस्या हुन्छ’ उनले भने ।

आगोगलाई दुई वर्षभित्र जग्गाधनी पूर्जा बाँड्ने लक्ष्य राखेर कामकाज गरि रहेको छ । अहिले सबै तहमा भएको कामकाजले दुई वर्षभित्र जग्गाधनी पूर्जा बाँड्ने कार्य हुन सक्ने आयोगका कर्मचारी आशंका व्यक्त गर्छन् ।

‘भूमिहिनलाई पूर्जा बाँड्ने भन्ने सरकारको ठूलो लक्ष्य उद्देश्य छ, यो कामको जसरी लक्ष्य लिइएको छ, त्यसरी यसलाई सञ्चालन गर्न खासै ध्यान दिइएको छैन’ आयोगका कर्मचारीहरुले गुनासो गर्दै भने,‘पर्याप्त बजेट र जनशक्ति दुबै खर्च गरी अघि नबढाउँदासम्म समस्या नै हुन्छ ।’

जिल्ला समन्वय ुसमितिको पूरानो कार्यालयमा आयोगको कार्यालय छ । कार्यालय सञ्चालन र व्यवस्थापनका लागि बजेट नहुँदा अर्को समस्या झेल्नु परेको कर्मचारीहरु बताउँछन् ।

भूमि आयोगमा अध्यक्ष र तीन सदस्य छन् । आयोगबाट अन्य प्राविधिक परिचालन गरिएका छन् । आयोगको अध्यक्ष र सदस्यलाई पनि पारिश्रमिक बाहेक अन्य सेवा सुविधा छैन ।

कार्यालयसित सञ्चालन खर्च र मालपोत तथा नापी कार्यालयबाट आएका कर्मचारीलाई केही सुविधा नभएको कर्मचारीहरु बताउँछन् ।

‘अध्यक्षज्यूको कार्यकक्षमा राखिएका सोफाको भुक्तानी अहिलेसम्म भएको छैन, यो कर्मचारी बस्नेृ कोठामा रङ्गरोग लगाएको पनि तिर्न सकिएको छैन’ सदस्य सचिव पालले भने,‘चिया पानी खुवाउन मैले मेरो कार्यालयबाट यो सहयोगी भाई लिएर आएको छु, अरु त केही विकल्प नै छैन ।’

Himal dental
सम्बन्धित
Loading...