ghar sansar

शुक्लाफाँटा आरक्ष पीडित वासिन्दाको भोक हड्तालमा एमाले नेता सिंहको ऐक्यवद्धता, उचित क्षतिपूर्ति दिएर समस्या सुल्झाउन आग्रह

khasi

महेन्द्रनगर । नेकपा (एमाले) सुदूरपश्चिम प्रदेश कमिटी सचिवालय सदस्य तथा २०७९ को निर्वाचनमा निर्वाचन क्षेत्र २ (क) प्रदेश सभा सदस्यका उम्मेदवार बचन बहादुर सिंहले शुक्लाफाँटा वन्यजन्तु आरक्ष पीडितको भोक हड्तालमा ऐक्यवद्धता जनाएका छन् ।

सरकारले लामो समयसम्म पुनस्र्थापन गर्न नसकेपछि विस्थापितहरु काठमाडौं गएर माइतीघर मण्डलामा भोक हड्तालमा बसेका छन् । २०५८ मा संकटकालमा तत्कालिन शाही सेना र हात्ती लगाएर उनीहरुलाई आरक्ष क्षेत्रबाट हटाइएको थियो ।

एमाले नेता सिंहले विस्थापित परिवारको भोक हडतालमा ऐक्यबद्धता जनाउँदै पीडितहरुको खोसिएको जग्गा जमिनको उचित क्षतिपूर्ति दिएर समस्या समाधान गर्न आग्रह गरेका छन् ।

dirghayi clinic

आरक्ष पीडित वासिन्दाको पुनस्र्थापनका लागि हालसम्म ३१ आयोग गठन गरिए पनि ठोस काम नभएकोमा सिंहले चिन्ता व्यक्त गरेका छन् । ‘ठोस काम केही हुन सकेको छैन, आफ््ना कार्यकर्ता पाल्ने काम मात्र भएको देखिन्छ’ उनले भने ।

विस्थापित परिवार वर्षौैदेखि शिविरमा शिक्षा, स्वास्थ्य, खानेपानी, विद्युत लगायतका आधारभूत आवश्यकता वञ्चित भएकोमा चिन्ता व्यक्त गर्दै उनले जङ्गली जनावरको आक्रमणको त्रास पालेर जीवन बिताउँदै आएको सिंहले बताए ।

‘तत्कालीन प्रधानमन्त्री शेर बहादुर देउवाले २०५८ सालमा सेना प्रयोग गरी आरक्ष बिस्तारका नाममा करीब १५०० परिवारको जग्गा जमिन खोसी अस्थायी टहरामा नारकीय जीवन बाँच्न बाध्य बनाईएका साथै जंगली जनावरको आक्रमण, शिक्षा, स्वास्थ्य, खानेपानी, विद्युत लगायत राज्यबाट पाउने सेवा सुबिधा बाट समेत वञ्चित भएका छन्’ उनले भने ।

माइती घर मण्डलामा भोक हड्तालमा बसेका आरक्ष पीडित संघर्ष समितिका अध्यक्ष कर्ण बहादुर चन्द र सचिव प्रेमदत्त भट्ट चार पाँच महिनादेखि सम्बन्धित निर्वाचन क्षेत्रका साँसद मन्त्री एनपी सावद र प्रधानमन्त्री पुष्पकमल दाहाललाई भेट समेत नदिएपछि उनीहरु बाध्य भएर भोक हतालमा बस्न गम्भीर विषय भएको सिंहले बताए ।

Himal dental
सम्बन्धित
Loading...