ghar sansar

आक्रोशित आरक्ष विस्थापित : काठमाडौंमा भोक हड्ताल, कञ्चनपुरमा चक्काजाम

khasi

महेन्द्रनगर । काठमाडांैमा भोक हड्तालमा उत्रिएका तत्कालीन शुक्लाफाँटा वन्यजन्तु आरक्ष (हाल शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज) विस्थापितले बुधबार पूर्व–पश्चिम राजमार्ग अन्तर्गत कृष्णपुर नगरपालिका वडा नम्बर २ वाणीमा एक घण्टा चक्का जाम समेत गरेका छन् । आरक्षबाट विस्थापित भएको २२ वर्ष बितिसक्दा पनि पुनर्स्थापनामा राज्यले बेवास्ता गरेको भन्दै पीडितहरू आन्दोलित भएका हुन् ।

dirghayi clinic

२०५८ साल र त्यसअघि पटक पटक आरक्ष विस्तारका क्रममा राज्यले सयौँ परिवार विस्थापित गरे पनि अझै उनीहरूको पुनर्स्थापना हुन सकेको छैन । आरक्षपीडित सङ्घर्ष समितिका अध्यक्ष कर्णबहादुर चन्द र सचिव प्रेमदत्त भट्टसहित पीडितहरू पुनर्स्थापनाका लागि पाँच बुँदे मागसहित माइतीघर मण्डलामा भोक हडतालमा बसेका छन् ।

आरक्षपीडितको समस्या समाधान गर्ने भनेर प्रधानमन्त्रीदेखि मन्त्रीहरू र कञ्चनपुरका सबै जनप्रतिनिधिहरूले आश्वासन मात्रै दिएको तर पुनर्स्थापनाका लागि कुनै कदम नचालेकोले बाध्य भएर सडकमा आउनु परेको भोक हडतालमा बसेका आरक्षपीडित सङ्घर्ष समितिका सचिव प्रेमदत्त भट्टको भनाइ छ ।

आरक्षपीडित प्रतिपरिवारलाई १० कट्ठाका हिसाबले जग्गा उपलब्ध गराउनु पर्ने, २०५८ देखि अहिलेसम्म २२ वर्षसम्मको क्षतिपूर्ति दिनुपर्ने, घर गोठ लगायत खोसिएको सम्पत्तिको मुआब्जा दिनुपर्ने, पीडित परिवारका लागि शिक्षा, स्वास्थ्य, विद्युत्, खानेपानीको ग्यारेन्टी गर्नुपर्ने र पीडित परिवारका बालबालिकालाई राज्यको मूलधारमा रोजगारी सुनिश्चित हुनुपर्ने उनीहरूका माग छन् ।

Himal dental
सम्बन्धित
Loading...