महेन्द्रनगर । सरकारले संविधान सभा अध्यक्ष सुभासचन्द्र नेम्बाङ्को निधनमा बिहीबार दिएको राष्ट्रिय शोक दिवसका दिन उद्यमी व्यवसायी भारतीय सीमावर्ती सहर वनबासाबाट सम्मान थापेर फर्किएका छन् ।
कञ्चनपुर उद्योग बाणिज्य संघ र होटल व्यवसायी संघ कञ्चनपुरका पदाधिकारी, सदस्य सहित व्यवसायीहरु वनबासास्थित शारदा सिचाँई विभागमा आयोजना गरिएको नेपाल भारत व्यापार सम्बन्ध सम्बन्धि छलफल कार्यक्रममा सम्मानित भएर फर्किएका हुन् । उद्यमी व्यवसायीसंगै कार्यक्रममा सशस्त्र प्रहरी र पत्रकारहरु पनि खादा लगाएर सम्मानित भएका तस्बिर बाहिर आएका छन् ।
कार्यक्रममा खादा लगाएर सम्मान गरिएका उनीहरुको तस्बिर सामाजिक सञ्जाल फेसबुकबाट सार्वजनिक भएका छन् । उद्यमी व्यवसायीसंगै कार्यक्रममा लगिएका पत्रकारहरु पनि खादा लगाएर सम्मानित भएका तस्बिर बाहिर आएका छन् ।
राष्ट्रिय शोक दिनका बाणिज्य संघ र होटल व्यवसायी संघले भारतीय सीमावर्ती सहरको कार्यक्रममा सहभागी भएर फर्र्किएपछि उनीहरुको आलोचना सुरु भएको छ । कञ्चनपुर उद्योग बाणिज्य संघका एक पूर्व अध्यक्षले शोकको दिन गर्न नहुने कार्यक्रम गरी उद्यमी व्यवसायीलाई बदमान गरिएको बताए ।
‘संविधान सभा अध्यक्षको निधनमा शोक विदा दिइएको छ ,सरकारले राष्ट्रिय शोक विदा दिएको छ, यो सरकारको निर्णय हामीले सबै मान्नु पर्ने हो, आज विदा भएकाले कार्यालय बन्द गरिए’ ती पूर्व अध्यक्ष नाम उल्लेख नगर्न आग्रह गर्दै भने,‘अनि आफ्नो देशको शोक विदाका दिन अर्कोको देशमा गएर खादा माला लगाउन सुहाउँछ, यो त उद्यमी व्यवसायीलाई बदनाम गर्ने काम भयो ।’
नेपाल उद्योग बाणिज्य महासंघका केन्द्रीय सदस्य जङ्ग बहादुर मल्ल सहित बाणिज्य संघका अध्यक्ष पिताम्बर जोशी, होटल व्यवसायी संघका अध्यक्ष जगदीश चन्द्र भट्ट लगायतका पदाधिकारी, सदस्य सहभागी भएका छन् ।
कार्यक्रममा उनीहरुले नाकामा भारतीय एसएसबीको सुरक्षा जाँच कडाईलाई घटाउनु पर्ने, लागु औषध ओसापसार नियन्त्रण गरिनु पर्ने लगायतका समस्या राखेका थिए ।
उद्योग वाणिज्य संघका अध्यक्ष जोशीले भारतमा घुम्न आउने र दैनिक उपभोग्यका समान किनमेलका लागि आउने नेपालीलाई सीमा नाका दुव्र्यव्यहार हुने गरेको उल्लेख गर्दै सुरक्षा जाँचका नाममा दुःख हुन नपर्नेमा जोड दिए ।
होटल व्यवसाय संघ कञ्चनपुरका अध्यक्ष जगदिश चन्द्र भट्टले शारदा व्यारेज खुल्ने समय बढाउनु पर्ने आवश्यकता भएको बताए ।
कार्यक्रममा भारतीय सहर टनकपुर प्रहरी क्षेत्राधिकारी अभिनाश बर्माले सीमा नाकामा हुने गरेका कडाईलाई आफुले एसएसबीलाई जानकारी गराई कसरी चेकजाँचलाई सहज बनाउन सकिन्छ उक्त विषयमा छलफल गरिने बताए ।
उनले साईकल क्यारिङका लागि परिचय पत्र बनाएपछि सहज हुने उल्लेख गर्दै अप्ठयारो नहनुे बताए ।
कार्यक्रममा उत्तराखण्ड प्रहरीका टनकपुर क्षेत्राधिकारी अभिनास बर्मा, बनबासा थानाध्यक्ष लक्ष्मण जागवाल , पुल चौकी प्रभारी देबेन्द्र बिष्ट लगायतका सहभागी भएका छन् ।