राष्ट्रिय युवा संघको प्रदेश कमिटीमा कञ्चनपुरबाट चयन भएका यी हुन् १० सदस्य

महेन्द्रनगर । राष्ट्रिय युवा संघ नेपाल सुदुरपश्चिम् प्रदेश कमिटीमा कञ्चनपुरका १० सदस्य चयन भएका छन् । डोटीको राजपुरमा सम्पन्न प्रथम अधिबेशनबाट प्रदेश कोषाध्यक्ष सहित १० सदस्य चयन भएका हुन् ।

प्रदेश सदस्यमा केशवराज जोशी, विकासजङ्ग कुँबर, प्रदिप तिवारी, सावित्री चौधरी, सपना रावल, दिपक कुवर, राकेश खडका, नरेश कार्की, राकेश सिह र टेक बहादुर ऐर छन् ।

अधिवेशनबाट प्रदेश अधिवेशनबाट अरुण कुँवर अध्यक्ष भएका छन् । संघको प्रदेश उपाध्यक्षमा बम बहादुर शाही, सचिव प्रकाश खड्का, सह सचिव दीपेन्द्र खड्का र राम बहादुर रोकाया र महिला विभाग प्रमुख श्रीया सिंह चयन भएका छन् ।

संघका निर्वाचन समितिका अनुसार प्रदेश समितिमा कैलालीबाट १३, कञ्चनपुर १०, अछाम ७, डोटी, बझाङ, बाजुरा, दार्चुला, बैतडी र डडेल्धुराबाट ६÷६ जना सदस्य गरि ६६ जना सदस्य चयन भएका छन् ।

एमाले केन्द्रीय सचिव एवम् सुदूरपश्चिम प्रदेश इन्चार्ज छविलाल विश्वकर्माले सम्मेलन उद्घाटन गरेका थिए ।

सम्बन्धित
Loading...