ghar sansar

अन्ततः गाडी मोह त्याग्न बाध्य भए सत्तारुढ दलका यी दुई नेता

Amity

महेन्द्रनगर । सुदूरपश्चिम प्रदेश सभाको लेखा समितिको निर्देशन अटेर गर्दै आएका सत्तारुढ माओवादी केन्द्र र एकीकृत समाजवादी संसदीय दलका नेताले गाडी फिर्ता गरेका छन् ।

माओवादी केन्द्रका नेता खगराज भट्टले सुदूरपश्चिम प्रदेश ०१००१ झ ०४३४ र समाजवादी संसदीय दलका नेता दीर्घबहादुर सोडारीले से १ झ २७६ गाडी ऐन विपरित प्रयोग गर्दै आएके गाडी फिर्ता गरेका हुन् ।

lotus institite

नागरिक उन्मुक्ति पार्टी संसदीय दलका नेता घनश्याम चौधरीले यस अघि से १ झ ३०९ नम्बरको गाडी फिर्ता गरेका थिए । प्रदेश सभाका पदाधिकारी तथा सदस्यहरूको पारिश्रमिक तथा सेवा सुविधा सम्बन्धी ऐनको पहिलो संशोधन २०७९ को दफा ६ को उपदफा १ ले सत्तारुढ दलका नेतालाई गाडी सुविधा हुने व्यवस्था गरेको थियो ।

तर, अनुसूची १ बमोजिम सुविधा उपलब्ध गराउनुपर्ने भनिएपनि अनुसूचीमा उक्त व्यवस्था राखिएको थिएन। सोही कारण प्रदेशको सार्वजनिक लेखा समितिले कानुन विपरीत प्रयोग गरिरहेका गाडी फिर्ता गर्न निर्देशन दिएको थियो।

Himal dental
सम्बन्धित
Loading...