ghar sansar

एमालेको सुदूरपश्चिम नेतृत्वको लागि सशक्त दाबेदार भएर मैदानमा उत्रिए युवा नेता सिंह

Amity

महेन्द्रनगर । नेकपा एमालेको सुदूरपश्चिम प्रदेशको असोज तेस्रो साता हुने अधिवेशनका लागि युवा नेता बचन बहादुर सिँह नेतृत्वको आकाँक्षी देखिएका छन् । एमालेमा विद्यार्थी राजनीतिबाट पार्टी राजनीतिमा उदाएका सिंह अहिले प्रदेश नेतृत्वका लागि सुदूरपश्चिमका सबै नेतासित सहयोगका लागि छलफल अघि बढाएका छन् ।

एमाले सुदूरपश्चिम प्रदेश कमिटीको पहिलो अधिवेशन असोज तेस्रो साता हुन लागेको छ । संघीय संरचनापछि पहिलो पटक हुन लागेको अधिवेशनबाट युवा नेता सिंहले प्रदेश नेतृत्वका लागि आकाँक्षा राखेर सबैसित नेतासित भेटघाट र कुराकानी तींव्र बनाएका छन् ।

lotus institite

एमाले अखिलको राजनीतिबाट आएर प्रदेश कमिटी सचिवालय सदस्य भएका उनी सुदूरपश्चिममा एमालेलाई बलियो पार्टी बनाउने आफ्नो योजना सहित नेताहरुसित छलफलमा लागेका छन् । एमालेमा उनी अध्यक्ष केपी शर्मा ओली र महासचिव शंकर पोखरेल निकट नेताका रुपमा परिचित छन् ।

‘एमालेलाई साँगठनिक, वैचारिक र चुनावी मोर्चामा बलियो बनाउन प्रदेश नेतृत्वको लागि चुनावी मैदानमा आएको छु’ उनले भने,‘२०८४ को मिसन र पार्टी बलियो बनाउने मेरो योजना छ ।’

एमाले सुदूरपश्चिम प्रदेश कमिटीको नेतृत्वका लागि तीन समूहको आकाँक्षी भए पनि मुख्यतः कर्ण बहादुर थापा र लेखराज भट्ट तथा दामोदर भण्डारी समूह नेतृत्वका लागि बलियो दाबेदार हुन् ।

कर्ण थापा समूहबाट अछामका कृष्ण प्रसाद जैसी आकाँक्षी छन् । यसैगरी भट्ट दामोदर भण्डारी समूहबाट लाल बहादुर थापा र सिह आकाँक्षी देखिए पनि थापा केन्द्रीय सदस्य भएकाले सिंह प्रबल दाबेदारका रुपमा छन् । एमालेमा पूर्व माधव नेपाल समूहको नेतृत्व गर्ने भीम रावल समूह तेस्रो धारका रुपमा देखिए पनि दुई समूह नै मुख्यतः नेतृत्वका लागि दाबेदार देखिएका हुन् ।

भीम रावल समूहबाट कैलालीका झपट सिह रावल आकाँक्षी देखिएका छन् । उनी केन्द्रीय सदस्य भएकाले उम्मेदवार हुने नहुने अझै टुङ्गोमा पुग्न बाँकी छ ।  

एमालेमा प्रदेश अध्यक्षको उम्मेदवार हुन केन्द्रीय सदस्य पदबाट राजीनामा दिनु पर्नेछ । प्रदेश अध्यक्ष सिंहको समूहका थापा पनि केन्द्रीय सदस्य भएकाले उम्मेदवार हुने नहुने अझै निश्चित भएको छैन ।

एमालेको सुदूरपश्चिममा ५३ हजार बढी संगठित सदस्य छन् । ती सदस्यले निर्वाचित गरेका साढे ६ सय प्रतिनिधिले प्रदेशको आगामी नेतृत्व चयन गर्ने छन् ।

प्रदेश अध्यक्षका उम्मेदवार सिंह कृृष्णपुर नगरपालिकाबाट एमालेमा संगठित छन् । कञ्चनपुरमा कृष्णपुरले प्रदेश अधिवेशनका लागि सबैभन्दा बढी प्रतिनिधि पठाउँदै छ । केही दिन अघि भएको प्रदेश अधिवेशन प्रतिनिधि छनौटमा सिंह सहभागी भएका छन् ।

अध्यक्षका आकाँक्षी सिंहको गृह नगरबाट १२ जना प्रतिनिधि प्रदेश निर्वाचनका लागि छनौट हुने भएका छन् । एमालेले असोज १५ गते सुदूरपश्चिमका सबै ९ जिल्लबाट प्रदेश अधिवेशनका लागि प्रतिनिधि छनौट गर्दैछ । त्यसका लागि भीमदत्त सहित स्थानीय तहमा छलफल गरिएको छ । 

‘अहिले सबै जिल्लामा प्रतिनिधि छनौटको छलफल चलि रहेको छ, मैले सबै जिल्लाका नेतासित समन्वय र सहकार्य गरि रहेको छु’ सिंहले भने,‘यस पटक प्रदेश नेतृत्व युवाको काँधमा आउने छ, तपाईहरु यहीं विश्वास गर्नु होस ।’

एमालेले बहालवाला जनप्रतिनिधि उम्मेदवार हुन नपाउने व्यवस्था गरेकाले अहिलको प्रदेश कमिटीका अध्यक्ष दामोदर भण्डारी र सचिव धर्मराज पाठक उम्मेदवार हुन पाउने छैनन् । उनीहरु दुबै जना निर्वाचित साँसद हुन् ।

प्रदेश कमिटीका उपाध्यक्ष कमल तिमिल्सिनाले हालसम्म नेतृत्वको आकाँक्षा राखेका छैनन् । यस्तो अवस्थामा अहिलेको मौजुदा प्रदेश कमिटीका पदाधिकारी बाहेकका नेताले प्रदेश कमिटी नेतृत्वमा आउन सक्ने एमाले नेताहरु बताउँछन् ।

प्रदेश नेतृत्वका लागि सिंह सबै ९ जिल्लामा दौडधुप गरी लागेका छन् । सिंहले नेताहरुसित एमालेलाई साँगठिक र वैचारिक रुपमा बलियो बनाउने सहित आगामी २०८४ को चुनावका लागि योजना अघि सारेर आफूलाई नेतृत्वमा सघाउन आग्रह गरि रहेका छन् । ‘अहिलेसम्म सबै नेता कार्यकर्ताबाट राम्रो रेस्पोन्स पाइ रहेको छु’ सिहले भने ।

सुदूरपश्चिम प्रदेशमा एमाले केन्द्र्रीय सदस्यबाट बलियो उम्मेदवारीको आकाँक्षी नभएकाले सिंह युवाको काँधमा जिम्मेवारी आउने विश्वास व्यक्त गर्छन् । एमालेमा अहिलेससम्म सम्पन्न लुुम्बिनी र बाग्मती प्रदेश अधिवेशनमा केन्द्रीय सदस्य पनि अध्यक्षका लागि चुनाव लडि सकेका छन् । 

एमालेमा विद्यार्थी राजनीतिबाट आएका सिँह राष्ट्रिय युवा संघको नेतृत्व लिएर प्रदेश राजनीतिमा सक्रिय छन् । उनी २०७९ को निर्वाचनमा थोरै मत अन्तरले प्रदेश सभा सदस्यमा पराजित भएका थिए । 

सिंहले प्रदेश सभा सदस्यको टिकट पाएपछि एमालेका केही पूराना नेताले उनलाई हराउन पार्टी परित्याग गरेका थिए । पूराना नेताको असहयोग भएर पनि उनले निर्वाचनमा थोरै मतले भएर आफूलाई बलियो नेताका रुपमा स्थापित गरि सकेका छन् ।

चुनावमा बलियो जनमत पाएका उनलाई  प्रदेश प्रतिनिधिमा रोक्न पनि अहिले त्यही समूह सक्रिय भएको आशंका गरिएको छ । उनी प्रदेश नेतृत्वको दौडमा भएपछि निर्वाचनमा टिकट नपाएका केही नेता उनलाई रोक्न खुलेर लागेको उनी बताउँछन् ।

युवा नेता सिंहले आफूले एमाले बलियो बनाउन र पार्टीलाई २०८४ को चुनावमा पहिलो बनाउने योजना अघि सारेका छन् ।
एमालेको सुदूरपश्चिम प्रदेश कमिटी सचिवालय सदस्य सिंह अहिले एमालेमाथि चौतर्फी आक्रमण भएकाले त्युस विरुद्ध सामना गर्न युवालाई प्रदेश नेृतत्व दिनु पर्ने बताउँछन् ।

‘हाम्रो पार्टीमा अहिले मुलतः पार्टी र नेतृत्व विरुद्ध चौतर्फी घेराबन्दी छ, देशभित्र र देश बाहिर सबैतिरबाट घेराबन्दी छ, टोलदेखि केन्द्रसम्म घेराबन्दी छ, यो सबैले देखेकै छ’ सिंह भन्छन्,‘अहिले यी चुनौतीलाई सामना गरी पार्टीलाई बलियो बनाउने नेतृत्व चाहिएको छ, चुनौतीलाई सामना गर्न सक्ने नेतृत्व चाहिएको छ, पार्टीलाई संगठित गरी बलियो बनाउने सक्ने चाहिएको छ, युवाको नेतृत्व चाहिएको छ, त्यस कारण मैले योजना सहित आकाँक्षा राखेको छु, मलाई नेतृत्व दिनेमा म ढुक्क छु ।’

एमाले प्रदेश अध्यक्षका आकाँक्षी सिह संसारभर नभएको सत्ताधारीले प्रतिपक्ष विरुद्ध बनाउने गठबन्धनलाई ध्वस्त गरी लोकतान्त्रिक शासन व्यवस्था अनुसार शासन सञ्चालनका लागि आफू नेतृत्वको आकाँक्षी भएको बताउँछन् ।

‘अहिले प्रतिपक्षी विरुद्ध सत्तारुड गठबन्धन लागि परेको छ, संसारमा कही पनि प्रतिपक्ष विरुद्ध सत्ताधारीको दलको गठबन्धन बनेको इतिहास छैन’ उनी भन्छन्,‘त्यस कारण मलाई पार्टीले यो गठबन्धनको चुनौती समाप्त गर्न पनि नेतृत्व दिनु पर्ने हुन्छ, किनकी युवाको सामथ्र्यले मात्रै यो चुनौती हल गर्न सकिन्छ ।’

एमालेका नेता कार्यकर्ताले आफूलाई युवा, सचेत नागरिक, राजनीतिक चेतना र पार्टीमा निर्वाह गरेको भूूमिकाले पनि नेृतत्व दिनु पर्ने उनी बताउँछन् ।

युवा नेता सिंह अहिलेको राजनीतिक माहौल र युवा मतदाताको भावनालाई कदर गरी पार्टीले युवालाई नेतृत्वको मौका दिनेमा विश्वस्त देखिएका छन् । उनले रेशम चौधरीदेखि सुदूरपश्चिमको राजधानी धनगढीदेखि काठमाडौंसम्म र रवि लामिछानेको उदयले राजनीतिमा नयाँ बहस अघि ल्याएकाले एमालेले युवा नेतृत्वलाई अघि सार्न पर्नेमा जोड दिए ।

‘अहिले राजनीतिक दलहरुलाई रेशम चौधरीको चुनौती छ एकारितर, अर्कोतिर रवि लामिछाने पनि चुनौतीका रुपमा आएका छन्, लामिछानजीहरुको ¥युमर फैलिएको छ’ उनी भन्छन्,‘हाम्रो प्रदेशको केन्द्रमा पनि गोपी हमाल छ, यी सबैको सैद्धान्तिक र वैचारिक धरातल छैनन, तर पनि चुनौती हो, त्यस कारण पार्टीको नीति, सिद्धान्त, विचार, नेतृत्व, विधि अनुसार युवाको पार्टी बनाउन आवश्यक छ ।’

एमालेको आफ्नो आन्तरिक पार्टी जीवन बलियो बनाउनु पनि युवाले पार्टी नेतृत्व गर्न पर्ने आवश्यकता देखिएको उनी बताउँछन् ।

‘अहिले पार्टीभित्र केही समस्या छन्, पार्टीको नेतृत्व र नीतिमा समस्या नभए पनि केही समस्या छन्, ती समस्याको समाधान गर्न पनि मैले योजना अघि सारेको छु’ उनले भने,‘पार्टीमा सर्वसम्मत निर्णय गरी पार्टीलाई बलियो बनाउने कुरामा म सधैं लाग्छु ।’

युवा नेता सिंहले प्रदेश नेतृत्व आफूले पाए पार्टीलाई बलियो बनाउने योजना अघि सारेका छन् । उनले पार्टीलाई सैद्धान्तिक र साँग्िठनिक रुपमा बलियो बनाउन तीन महिने, ६ महिने, ९ महिने र एक वार्षिक योजना बनाएका छन् ।
‘त्यस अनुसार पार्टीको सैद्धान्तिक, वैचारिक कार्यक्रम, प्रशिक्षण, नयाँ पुस्तालाई आकर्षण गर्ने र वैदेशिक रोजगारमा गएका नागरिकलाई पार्टीमा जोड्ने लगायतका कार्यक्रम समावेश गरेको छु’ उनले भने ।

एमाले प्रदेश कमिटीको नेतृत्व पाए आफूले विद्यार्थी राजनीतिदेखि युवा संघ हुँदै पार्टी राजनीतिमा पाएको जिम्मेवारी पूरा गरेझै पार्टीलाई बलियो बनाउने उनी बताउँछन् ।

दुई दशक अघि अनेरास्ववियु कञ्चनपुरको अध्यक्ष हुँदा सिंहले कञ्चनपुरका सबै क्याम्पसमा अखिलको झण्डा फहराएका थिए । त्युसपछि अखिलको महाकाली अञ्चल कमिटी अध्यक्ष भएका उनले काँग्रेस सभापति शेर बहादुर देउवाको गृह जिल्लाको डडेल्धुरा शिक्षा क्याम्पसमा स्ववियु निर्वाचित गराएका थिए ।

२०५९ मा पहिलो पटक अखिलको जिल्ला अध्यक्ष भएका उनले दुई कार्यकाल जिम्मेवारी सम्हालेका थिए । २०६२÷०६३ को जनआन्दोलनका क्रममा सेनाको गोली लागेर ६ महिना उपचारका क्रममा ओछ्यानमा बिताएका उनी जनज्योति क्याम्पस घट्नाकाण्डका मुख्य पात्र हुन् ।

एमालेको युवा संघ नेपालको केन्द्रीय अध्यक्ष हुँदै पार्टी राजनीतिमा आएका उनले २०७९ को निर्वाचनमा सुकुम्बासी, मुक्तकमैयाको अव्यवस्थित बसोबासी, आवास बिहीनका लागि आवास, आरक्ष पीडितको व्यवस्थापन र नदी कटान नियन्त्रण, तटबन्धन निर्माणलाई प्रमुख चुनावी एजेण्डा बनाएका थिए ।

सिंह एमाले राजनीतिमा २०५० देखि सक्रिय छन् । उनी एमाले अध्यक्ष केपी शर्मा ओलीको विश्वासिला मानिन्छन् । उनले अध्यक्ष ओलीलाई सधै साथ दिएका छन् । तत्कालिन नेकपाको दुई लाइन संघर्षमा अध्यक्ष ओलीलाई साथ दिन उनी देशभर खटिएका थिए ।

ओलीले तत्कालिन समयमा देशभर सञ्चालन गरेको मेची महाकाली अभियानमा सिंहले राष्ट्रिय युवा संघको अध्यक्षको हैसियतामा संगठन विस्तार, अभियान सञ्चालनका लागि सक्रिय भूमिका निर्वाह गरेका थिए ।

Himal dental
सम्बन्धित
Loading...