Sarsoti

भीमदत्तमा सर्वसम्मत छानिए एमालेका सुदूरपश्चिम प्रदेश अधिवेशन प्रतिनिधि

lotus institute

महेन्द्रनगर । भीमदत्त नगरपालिकाबाट नेकपा एमालेको सुदूरपश्चिम प्रदेश अधिवेशनका लागि प्रतिनिधि छनौट भएका छन् । एमाले पार्टी कार्यालयमा सोमबार विहानदेखि सुरु निर्वाचन प्रक्रियामा सर्वसम्मतिका आधारमा प्रतिनिधि चयन गरिएका छन् ।

भीमदत्तबाट ८ प्रतिनिधिका लागि १६ जनाको दाबेदारी थियो । सोमबार विहान प्रतिनिधिका लागि उम्मेदवार दर्तापछि सहमतिका लागि छलफल गरी सर्वसम्मतिमा खुल्ला, महिला र युवा प्रतिनिधि चयन भएका हुन् ।

morning glory
Mahendranagar

प्रदेश अधिवेशन प्रतिनिधिमा विष्णु कँडेल, महेश प्रसाद पन्त, प्रमानन्द जोशी र हिरा चन्द खुल्लाबाट प्रतिनिधि भएका छन् । उनीहरुमध्ये पन्त र चन्द सुदूरपश्चिम प्रदेश कमिटी सदस्य हुन् । यसैगरी कँडेल र जोशी जिल्ला कमिटी सदस्य हुन् । जोशी एमालेको भीमदत्त नगर इन्चार्ज छन् ।

महिलामा लक्ष्मी विश्वकर्मा, कमला भट्ट र नन्दादेवी धामी प्रदेश प्रतिनिधि भएका छन् । युवाबाट प्रशान्त भट्ट प्रदेश अधिवेशन प्रतिनिधि भएका छन् । विश्वकर्मा र धामी प्रदेश कमिटी सदस्य हुन् ।

युवाबाट प्रदेश प्रतिनिधि भएका भट्ट एमाले जिल्ला कमिटी सदस्य छन् । राष्ट्रिय युवा संघको नेपालगञ्ज महाधिवेशनमा उनी केन्द्रीय सचिवका आकाँक्षी थिए ।

भीमदत्तमा एमालेका ७ सय ५३ संगठित सदस्य छन् । निर्वाचन समितिले १२ बजेसम्म उम्मेदवारी फिर्ता गरी मतदानमा जाने कार्यक्रम बनाउ पनि सहमतिका लागि समय सारिएको थियो ।

saark school
सम्बन्धित
Loading...