
कञ्चनपुरमा भीम रावल समूहका विश्वकर्मा सर्वसम्मत प्रदेश अधिवेशन प्रतिनिधि चयन, प्रदेश सचिवमा चुनाव लड्ने

महेन्द्रनगर । नेकपा एमालेका सुदूरपश्चिम प्रदेश कमिटी सदस्य नर बहादुर विश्वकर्माले प्रदेश पदाधिकारीमा उम्मेदवारी दिने बताएका छन् । सोमबार एमालेको प्रदेश अधिवेशन प्रतिनिधिमा सर्वसम्म चयन भएपछि नेता विश्वकर्माले प्रदेशमा पदाधिकारीमा उमम्ेदवार हुने बताएका हुन् ।
नेता विश्वकर्मा दलित निर्वाचन १(१) बाट सर्वसम्मत प्रतिनिधि भएका हुन् । एमालको चितवन महाधिवेशनमा केन्द्रीय सदस्यमा चुनाव लडेका उनी भीम रावल समूहका नेताका रुपमा परिचित छन् । अहिले सुदूरपश्चिम एमालेका रावल सहित तीन समूह छन् ।

एमालेमा विद्यार्थी राजनीतिबाट आएका उनले प्रदेश सचिवमा उम्मेदवार हुने सोच भएको बताए । असोज २१ र २२ गते एमालेको सुदूरपश्चिम प्रदेश अधिवेशन हुन लागेको छ ।
प्रदेश अधिवेशनका लागि भीमदत्तबाट विष्णु कँडेल, महेश प्रसाद पन्त, प्रमानन्द जोशी र हिरा चन्द खुल्लाबाट प्रतिनिधि भएका छन् ।
महिलामा लक्ष्मी विश्वकर्मा, कमला भट्ट र नन्दादेवी धामी प्रदेश प्रतिनिधि भएका छन् । युवाबाट प्रशान्त भट्ट प्रदेश अधिवेशन प्रतिनिधि भएका छन् । विश्वकर्मा र धामी प्रदेश कमिटी सदस्य हुन् ।
