महेन्द्रनगर । एमालेको सुदूरपश्चिम प्रदेश अधिवेश प्रतिनिधिका लागि बेदकोट नगरपालिकामा २६ जनाले चुनावी आकाँक्षा राखेका छन् । दैजीस्थित जयशंकर सामुदायिक वनको कार्यालयमा सोमबार विहान उम्मेदवारी दर्ता गरिएको छ ।
उम्मेदवारी दर्तापछि नेताहरुले सहमतिका आधारमा प्रतिनिधि चयन गर्न छलफललाई जारी राखेका छन् । एमाले केन्द्रीय सदस्य कृपाराम रानाले सहमतिका आधारमा प्रतिनिधि चयन गर्ने गरी छलफल थालिएको र सकारात्मक रुपमा अघि बढेको बताए ।
बेदकोटमा खुल्ला र महिलामा ११÷११ जना उम्मेदवार छन् । यसैगरी एक युवा सदस्यका लागि चार जना आकाँक्षी छन् । बेदकोटबाट खुलामा ४ र महिला २ प्रतिनिधि चयन हुने छन् ।
प्रदेश प्रतिनिधिको खुलामा रामचन्द्र रेग्मी, हिक्मत बहादुर सिह, धर्म सिह कुँबर, अशोक कुमार चन्द, लक्ष्मण राना, हरि गिरी, हरिश भाट, बिरेन्द्र बहादुर शाह, राजेन्द्र प्रसाद भट्ट, कर्ण बहादुर पातली र राम सिह धामी उम्मदवार छन् ।
यसैगरी महिलामा पार्वती कुमारी भट्ट, पुजा पौडेल, कलाशा महरा, जानकी ठगुन्ना, सुशिला सिह, गंगोत्री जोशी, ईश्वरी देवी शर्मा, शारदादेवी रोकाया, कमला भट्ट शर्मा र कलावति ऐडी ठगुन्नाले उम्मेदवारी दिएका छन् ।
राष्ट्रिय युवा संघका सुदूरपश्चिम प्रदेश कोषाध्यक्ष खगेन्द्र नाथ सहित नरेश बहादुर सिह, मोहनराज पन्त र बिरेन्द्र बहादु महर युवाबाट उम्मेदवार छन् । बेदकोटमा ६ सय ९४ संगठित सदस्य छन् ।