ghar sansar

बेदकोटबाट वडा अध्यक्ष सिंह युवा प्रदेश प्रतिनिधिमा सर्वसम्मत

खुला र महिलाका लागि भोलि विहान फेरि सर्वसम्मतका लागि छलफल गरिने

little buddha academy
khasi

महेन्द्रनगर । एमालेको सुदूरपश्चिम प्रदेश अधिवेशनका लागि बेदकोट नगरपालिकाबाट नरेश बहादुर सिह सर्वसम्मत प्रतिनिधि चयन भएका छन् । उनी युवाबाट सर्वसम्मत प्रतिनिधि भएका हुन् ।

बेदकोट नगरपालिका २ का वडा अध्यक्ष सिंह एमाले जिल्ला कमिटी सदस्य हुन् । उनी आठौं जिल्ला अधिवेशनमा सदस्यमा निर्वाचित भएका थिए ।

,orning glory badhai

प्रदेश अधिवेशनका लागि युवाबाट सिह सहित खगेन्द्र नाथ, मोहनराज पन्त र विरेन्द्र बहादुर महरले उम्मेदवारी दिएका थिए । उम्मेदवारी दर्तापछि सर्वसम्मत बनाउन छलफल गरिएको थियो ।

बेदकोटमा युवा सहित खुला र महिलाका २६ जनाको उम्मेदवारी छ । ती सबै उम्मेदवार सहित छलफल गरी सर्वसम्मत बनाउन एमाले नेताहरुले सोमबार दिनभरि प्रयास गरेका छन् ।

dirghayi clinic

तीमध्ये युवामा सोमबार दिउँसो सहमति भएको निर्वाचन अधिकृतले जानकारी दिएका छन् ।

खुला र महिलामा भने ११÷११ जना उम्मेदवार छन् । दैजीस्थित जयशंकर सामुदायिक वनमा प्रतिनिधि छनौट कार्यक्रम राखिएको छ ।

एमाले केन्द्रीय सदस्य कृपाराम रानाले सहमतिका आधारमा प्रतिनिधि चयन गर्ने गरी छलफल थालिएको र सकारात्मक रुपमा अघि बढेको बताए ।

युवा बाहेक अन्य खुला र महिलामा सहमति नभएसम्म मंगलबार विहानसम्मका लागि छलफल स्थगित गरिएको छ ।
प्रदेश अधिवेशन प्रतिनिधिका लागि खुलामा रामचन्द्र रेग्मी, हिक्मत बहादुर सिह, धर्म सिह कुँबर, अशोक कुमार चन्द, लक्ष्मण राना, हरि गिरी, हरिश भाट, बिरेन्द्र बहादुर शाह, राजेन्द्र प्रसाद भट्ट, कर्ण बहादुर पातली र राम सिह धामी उम्मदवार छन् ।

यसैगरी महिलामा पार्वती कुमारी भट्ट, पुजा पौडेल, कलाशा महरा, जानकी ठगुन्ना, सुशिला सिह, गंगोत्री जोशी, ईश्वरी देवी शर्मा, शारदादेवी रोकाया, कमला भट्ट शर्मा र कलावति ऐडी ठगुन्नाले उम्मेदवारी दिएका छन् ।

Himal dental
सम्बन्धित
Loading...