ghar sansar

बेलडाँडीमा एमालेका सुदूरपश्चिम प्रदेश कमिटी सदस्य गिरी प्रदेश प्रतिनिधिमा पराजित

रावत, थापा र जोश निर्वाचित

little buddha academy
khasi

महेन्द्रनगर । नेकपा एमालेको सुदूरपश्चिम प्रदेश कमिटी सदस्य मोहन गिरी प्रदेश अधिवेशन प्रतिनिधिमा पराजित भएका छन् ।

बेलडाँडी गाउँपालिकामा तीन जना प्रदेश प्रदेश प्रतिनिधि सर्वसम्मत चयन गर्ने विषयमा सहमति हुन नसकेपछि निर्वाचनबाट प्रदेश प्रतिनिधि निर्वाचित भएका हुन् ।

,orning glory badhai
dirghayi clinic

निर्वाचनमा गिरीले १०३ मत ल्याएर प्रदेश प्रतिनिधिमा पराजित भएका हुन् । निर्वाचनमा लाल बहादुर रावत १४८ र अभिमान थापा १४६ मत ल्याएर खुलामा प्रतिनिधि निर्वाचित भएका छन् ।

महिलामा वसन्ती जोशी प्रतिनिधि निर्वाचित भएकी छन् । बेलडाडी गाउँपालिकाका पूर्व उपाध्यक्ष कमलादेबी कार्कीलाई पराजित गरी उनी प्रतिनिधि भएकी छन् । जोशीले १२० र कार्कीले ९५ मत पाएका छन् ।

निर्वाचनमा २ सय १८ मत खसेका थियो । बेलडाँडीमा एमालेका ३ सय ७८ मतदाता संगठित सदस्य मतदाता थिए ।

Himal dental
सम्बन्धित
Loading...