
महेन्द्रनगर । एमालेको सुदूरपश्चिम प्रदेश अधिवेशनका लागि कृष्णपुर नगरपालिकाबाट सर्वसम्मत प्रदेश अधिवेशन प्रतिनिधि चयन भएका छन् । कृष्णपुरबाट खुला, महिला, युवा र दलितबाट १२ प्रदेश अधिवेशन प्रतिनिधि चयन भएका छन् ।
प्रदेश अधिवेशन प्रतिनिधिका लागि खुला, महिला र युवामा १२ जना आकाँक्षी देखिएका थिए । उम्मेदवार सहित छलफल गरी ९ जना सर्वसम्मत चयन गरिएका छन् । यसैगरी दलित निर्वाचन क्षेत्रबाट तीन प्रतिनिधि चयन भएका छन् ।
एमालेको सुुदूरपश्चिम प्रदेश कमिटीका सचिवालय सदस्य बचन बहादुर सिह सहित ५ जना खुलाबाट प्रतिनिधि भएका छन् । उनीहरुमा मोहन रावल, सुरेन्द्र बम, धनशेर बहादुर सिहं र भजन राना छन् ।
महिलाबाट लक्ष्मी बुढा, बसन्ती रावल र दिलसरा खत्री र युवाबाट गणेश सिह ऐरी प्रतिनिधि भएका छन् । प्रदेश निर्वाचन क्षेत्रबाट दलितमा सुरेश विक, नन्द सुनार र धर्मा विक प्रतिनिधि चयन भएका छन् ।
सर्वसम्मत प्रतिनिधि चयन भएका एमाले प्रदेश सचिवालय सदस्य सिह प्रदेश अध्यक्षका उम्मेदवार हुन् । एमालेको सुदूरपश्चिम प्रदेश अधिवेशन असोज २१ र २२ गते धनगढीमा हुँदैछ ।
राष्ट्रिय युवा संघको नेतृत्व गरि सकेका सिंहले यस अघि नै प्रदेश अध्यक्षमा उम्मेदवार हुने घोषणा गरि सकेका छन् ।
