
महेन्द्रनगर । एमाले साँसद तारालामा तामाङ्ग सुदूरपश्चिम प्रदेश अधिवेशन प्रतिनिधि चयन भएका छन् । पुनर्वास नगरपालिकाबाट तामाङ्ग सहित सबै प्रतिनिधि सर्वसम्मत भएका छन् ।
तामाङ्गसंगै एमाले कञ्चनपुरका उप सचिव फैरु तामाङ्ग, रमेश थापा, शारदा विष्ट र पुर्णा कुमारी गुरुङ्ग प्रतिनिधि चयन भएका छन् । यसैगरी निर्वाचन क्षेत्र नं. १ बाट दलितमा भारमल सुनार र राम बहादुर स्वर्णकारण प्रतिनिधि भएका छन् ।

लालझाडी गाउँपालिकाबाट खगेन्द्र ओझा र निर्मल राना सर्वसम्मत भएका छन् । बेलडाँडीमा निर्वाचनबाट तीन प्रतिनिधि निर्वाचित भएका छन् ।
यसैगरी शुक्लाफाँटा नगरपालिकाबाट रण बहादुर महरा सहित तीन जना सर्वसम्मत प्रतिनिधि भएका छन् । शुक्लाफाँटा नगरपालिका मेयर महरा एमाले सुदूरपश्चिम प्रदेश कमिटी सचिवालय सदस्य हुन् ।
उनी खुलाबाट प्रतिनिधि भएका छन् । खुलाबाट लोकेन्द्र सिह ऐरी प्रतिनिधि भएका छन् । उनीहरु दुबै जनाले २०७४ को स्थानीय तह निर्वाचन लडेका थिए ।
शुक्लाफाँटामा महिलाबाट ईश्वरादेबी कुँबर प्रतिनिधि भएकी छन् । कुँबर एमालेको आठौं जिल्ला अधिवेशनमा उप सचिवको उम्मेदवार थिइन् ।
