ghar sansar

९ दिनमै लखेटिए बैतडीको डिलाशैसनी गाउँपालिकाका हाकिम

little buddha academy
khasi

महेन्द्रनगर । बैतडीको डिलाशैनी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत रंजय पेटल ९ दिन सरुवा भएका छन् । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सरुवा गरेपछि उनी असोज ८ गते गाउँपालिकामा हाजिर भएका थिए ।

नवौ दिनमा विदाई भएका उनलाई गाउँपालिका पालिका अध्यक्ष सन्तोष जोशी, प्रवक्ता यज्ञ भट्टलगायत केही जनप्रतिनिधि र कर्मचारीहरूले केक काटेर भव्य स्वागत गरेका थिए ।

,orning glory badhai
dirghayi clinic

गाउँपालिका अध्यक्ष सन्तोष जोशीले डिलासैनीका मात्र नभइ बैतडीमा नयाँ आएका प्रमुख प्रशासकीय अधिकृतहरूको सरुवा भएको बताए । उनले भने, ‘डिलासैनीका मात्र नभइ बैतडीका अन्य पालिकामा पनि नयाँ आएका प्रमुख प्रशासकीय अधिकृतहरूको सरुवा भएको हो ।’

स्रोतका अनुसार पालिकामा कार्यपालिका सदस्यहरूबीच आन्तरिक विवाद हुँदा हाकिमले बस्न नचाहेर सरुवा मागेको बताइएको छ ।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले बैतडीका ५ पालिकामा पटेलसहित नयाँ हाकिमहरूलाई खटाएको थियो । तर, पटले भने हाजिर भएको नवौँ दिनमा पालिकाबाट बिदाई भएर गएका छन् ।

गाउँपालिकाले मन्त्रालयाई स्थानीयले सहज रुपमा कामकाज गर्न सक्ने भएकाले नयाँ प्रमुख प्रशासकीय अधिकृत नपठाउन पत्राचार गरेको थियो ।

Himal dental
सम्बन्धित
Loading...