ghar sansar

एमाले सुदूरपश्चिम प्रदेश अधिवेशन : कञ्चनपुरबाट यी नेता छन् पदाधिकारीमा दाबेदार

little buddha academy
khasi

महेन्द्रनगर । एमालेको असोज २० र २१ गते धनगढीमा हुने सुदूरपश्चिम प्रदेश अधिवेशनमा कञ्चनपुरबाट प्रदेश अध्यक्ष सहित अन्य पदाधिकारीमा चुनाव लड्न नेताहरु आकाँक्ष देखाएका छन् ।

एमाले सुदूरपश्चिम प्रदेश अध्यक्षमा युवा नेता बचन बहादुर सिंहले प्रतिनिधि छनौट अघि नै आकाँक्षा राखेका थिए । कृष्णपुरबाट सर्वसम्मत प्रतिनिधि चयन भएका उनी अहिले नेताहरुसित छलफलमा सक्रिय भएका छन् ।

,orning glory badhai

एमालेको प्रदेश अधिवेशनका लागि सोमबार जिल्लाभर प्रतिनिधि छनौट भएको थियो । बेलडाँडी बाहेक अन्य स्थानीय तहमा सर्वसम्मत प्रतिनिधि चयन भएका छन् । बmेलडाँडीमा निर्वाचन गरी प्रतिनिधि छनौट गरिएका छन् ।

एमाले कञ्चनपुरका सचिव पल्लवराज भट्ट सहित नेताहरु नर बहादुर विश्वकर्मा, मोहन रावल लगायतले प्रदेश पदाधिकारी लड्ने आकाँक्षा देखाएका छन् । उनीहरुमध्ये भट्ट र विश्वकर्माले प्रदेश सचिवका लागि लबिङ्ग थालेका छन् । प्रदेश पदाधिकारी लड्ने मनस्थिति बनाएका रावलले पद भने निश्चित गरेका छैनन् ।

dirghayi clinic

एमालेको प्रदेश अधिवेशनबाट अध्यक्ष सहित उपाध्यक्ष, सचिव र दुई उप सचिव सहित सदस्य प्रदेश कमिटी निर्वाचित हुनेछ ।

प्रदेश सचिवका आकाँक्षी भट्ट जिल्ला सचिव र विश्वकर्मा सुदूरपश्चिम प्रदेश कमिटी सदस्य हुन् । भट्ट एमालेको आठौं जिल्ला अधिवेशनबाट सचिव निर्वाचित भएका हुन् ।

प्रदेश पदाधिकारी लड्ने मनस्थिति बनाएका रावलले लामो समय जिल्लामा बसेकाले यस पटक प्रदेश पदाधिकारीमा चुनाव लड्न लागेको बताए । उनी कृष्णपुरबाट प्रतिनिधि चयन भएका छन् ।

‘जिल्ला कमिटीमा धेरै लामो समयदेखि छौ, प्रदेश कमिटी सदस्य छ’ उनले भने,‘अब प्रदेश अधिवेशनमा पदाधिकारीको उम्मेदवार हुन्छ, के मा लड्ने भन्ने यकिन गरेको छैन, साथीहरुसित छलफलमा छु ।’

कञ्चनपुरबाट ६३ प्रदेश प्रतिनिधि चयन भएका छन् । त्यसमध्ये सबैभन्दा बढी कृृष्णपुरबाट १२ प्रतिनिधि छानिएका छन् ।

Himal dental
सम्बन्धित
Loading...