Sarsoti

एमाले सुदूरपश्चिम प्रदेश अधिवेशन : दुई गुटका तीन नेताको गृह जिल्लाबाट धेरै प्रतिनिधि 

lotus institute

महेन्द्रनगर । सुदूरपश्चिम एमालेका दुई गुटले पार्टी राजनीतिमा बलियो देखाउन प्रदेश अधिवेशनका लागि आफ्नो जिल्लाबाट धेरै प्रतिनिधि पठाएका छन् ।

एमालेमा केन्द्रीय सचिव लेखराज भट्ट र प्रदेश अध्यक्ष दामोदर भण्डारी तथा पोलिटब्युरो सदस्य कर्ण थापाका दुई गुट छन् । उनीहरु तीनै जना एमाले अध्यक्ष केपी शर्मा ओलीका विश्वासिला नेताका रुपमा परिचित छन् । 

morning glory

एमालेको आजदेखि धनगढीमा सुरु हुने प्रदेश अधिवेशमान ६ सय ७५ प्रतिनिधि सहभागी हुन लागेका छन् । उनीहरुमध्ये थापा, भट्ट र भण्डारीको गृह जिल्लाबाट सबैभन्दा बढी प्रतिनिधि छन् । प्रदेश प्रतिनिधि शनिबारदेखि धनगढी आउन थालेका थिए ।

प्रदेश अधिवेशनमा सहभागी हुने प्रतिनिधिमध्ये बाजुराबाट सबैभन्दा धेरै १ सय २८ छन । बाजुरा पोलिटब्युरो सदस्य कर्ण थापाको गृह जिल्ला हो । एमाले सचिव भट्टको गृह जिल्ला कैलालीबाट १ सय १७ र प्रदेश अध्यक्ष भण्डारीको गृह जिल्ला बैतडीबाट ६८ प्रतिनिधि चयन भएका छन् ।

Mahendranagar

कञ्चनपुरबाट ६३, बैतडीबाट ६८, दार्चुलाबाट ५३, अछामबाट ५४, बझाङबाट ४८, डोटीबाट ४१ र डडेलधुराबाट १८ जना प्रतिनिधि चयन भएका छन् । कञ्चनपुरबाट निरुदेवी पाल र राजेन्द्र सिह रावल पोलिटब्युरो सदस्य छन् । 

कञ्चनपुरमा प्रतिनिधि छनौटमा पाल र रावल दुबै अनुपस्थित भएका थिए ।

प्रदेश अधिवेशनका लागि जनसंगठनबाट७५ प्रतिनिधि चयन भएर आएका छन् । प्रदेश अधिवेशनमा एमालेका १ सय ७८ जना महिला प्रतिनिधि छन् । एमाले अध्यक्ष केपी शर्मा ओलीले आज केही समयपछि अधिवेशन उद्घाटन गर्ने कार्यक्रम छ । 

प्रदेश अध्यक्षमा थापाले अछामका कृष्ण प्रसाद जैसी अघि सारेका छन् । भट्ट भण्डारी समूहबाट अछामका कमल तिमिल्सिन र कञ्चनपुरका बचन बहादुर सिह आकाँक्षी छन् ।

एमालेका सुदूरपश्चिम इन्चार्ज छविलाल विश्वकर्माले सकेसम्म सर्वसम्मत नेतृत्व चयनको प्रयास हुने बताए। तर प्रतिस्पर्धामा जानै निषेध हुने मान्यता पनि नरहेको उनले बताए।

saark school
सम्बन्धित
Loading...